back
CTIZAN AD

नेकपा अध्यक्षको अभिव्यक्तिप्रति नेपाली काँग्रेसको आपत्ति

वि.सं.२०७६ फागुन १ बिहीवार

696 

shares

१ फागुन, काठमाडौँ । नेकपाका अध्यक्ष पुष्मकमल दाहालले एक कार्यक्रममा दिएको अभिव्यक्ति लिएर नेपाली काँग्रेसले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले प्रेस वक्तव्य जारी गर्दै दाहालले माओवादीको नेतृत्वमा भएको १० वर्षे युद्धलाई शान्तिपूर्ण अवतरण गराउने कार्यक्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जिम्मेवारी भूमिकालाई अर्थहिन ढंगले विवादित बनाउन खोजेको र त्यो अभिव्यक्ति राजनीतिक र आपत्तिजनक रहेको बताएको छ ।

फौजी आक्रमण अलि बढाइदिनुपर्यो र सदरमुकाम हान्नु पर्यो भनेर स्व. कोइरालाले दाहाललाई यदि भनेकै भए किन उनी जिवीत छँदा नै सार्वजनिक भएन र निधनपछि ऐतिहासिक तथ्यलाई तोडमोड ढंगले आउनु गैर जिम्मेवार अभिव्यक्ति भएको उल्लेख गरिएको छ ।
हिंसाको राजनीतिलाई सुरक्षित अवतरण गराउन सफल ढंगले संयोजन गरेका नेताले हिंसात्मक आक्रमणका लागि प्रेरित गरेको भन्नु आफैमा विरोधाभाषपूर्ण भएको भनिएको छ ।

‘जिम्मेवार ढंगले कार्य गर्न’ कोइरालाले कुनै बेला दाहाललाब्ई दिएको सुझाव सार्वज्निक रुपमा स्मरण गराउँदै जिम्मेवार अभिव्यक्तिका लागि सजग गराउँदछु’, वक्तव्यमा भनिएको छ ।

वि.सं.२०७६ फागुन १ बिहीवार १९:५८ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...