१ फागुन । गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष सोनाम लामाले गैरुआवासीय नेपाली संघको कार्यालय रहेको जग्गाका विषयमा आफ्नो नाम जोडेर चरित्र हत्या गर्न खोज्नेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
केही संचारमाध्यम तथा सामाजिक सञ्चालमाहरुमा आएका कुराहरु कपोलकल्पित भएको र आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् ।
कुनै आधार र प्रमाण विना कपोलकल्पित रुपमा आर्थिक चलखेल जस्तो गम्भिर आरोप लगाउनु मान्य हुन नसक्ने उनले बताएका छन् ।
‘विना आधार आरोप लगाउने कार्यप्रति सजग रहन समेत सबैमा अनुरोध गर्दछु । मेरो नाम राखेर चरित्रहत्या गर्ने नियतले आरोप लगाउनेहरु प्रति कानूनी कारवाही अघि बढाउन सक्ने तर्फ सम्बन्धीत सबैलाई सचेत गराउँदछु’ उनले चेतावनी दिएका छन् ।
उनले यस सम्बन्धमा हुने जुनसुकै छानबीनलाई सघाउन आफू तयार रहेको जनाएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन् :
“गैर आवासीय नेपाली संघको भवन रहेको जग्गा सम्बन्धमा ।
बालुवाटारको ललिता निवास परिसरको संघको जग्गा सम्बन्धी प्रकरणमा मेरो नाम जोडेर विभिन्न सामाजीक सञ्जाल र अनलाइनहरुमा आएको खवरप्रति मेरो गम्भिर ध्यानर्कषण भएको छ । जग्गा खरिद गर्दा संघको कुनै कार्यकारी पदमा नभएको र तत्कालीन नेतृत्वले नै सबै निर्णय गरेको हो । म सधै नै संघको हितका लागि निस्वार्थ भावनाले काम गर्दै सधै साथ दिर्दै आएको यहाँहरुलाई अवगत नै छ ।
हाल पनि म संघको लागि कुनै प्रलोभन बिना निस्वार्थ हिसावले काम गर्दै आएको छु । कुनै आधार र प्रमाण विना कपोल कल्पित रुपमा आर्थिक चलखेल जस्तो गम्भिर आरोप लगाउनु मान्य हुन सक्दैन र यो साधारण पत्रकारिताको मर्म समेत विपरीत छ । यस सम्बन्धमा हुने जुनसुकै छानबीनलाई सघाउन म तयार रहेको जानकारी गराउन चाहान्छु । विना आधार आरोप लगाउने कार्यप्रति सजग रहन समेत सबैमा अनुरोध गर्दछु । मेरो नाम राखेर चरित्रहत्या गर्ने नियतले आरोप लगाउनेहरु प्रति कानूनी कारवाही अघि बढाउन सक्ने तर्फ सम्बन्धीत सबैलाई सचेत गराउँदछु ।”
वि.सं.२०७६ फागुन १ बिहीवार २०:३७ मा प्रकाशित



























