back
CTIZAN AD

पूर्वसभामुखको रिहाइ, पूर्वउपसभामुखलाई बधाई !

वि.सं.२०७६ फागुन ५ सोमवार

810 

shares

५ फागुन, काठमाडौं । व्यवस्थापिका संसदका पूर्वसभामुख कृष्णबहादुर महराले जवरजस्ती करणी उद्योग मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएकै दिन उनकै कार्यकालकी पूर्वउपभामुख डा शिवमाया तुम्बाहाङफे कानुन मन्त्रीमा नियुक्त भएकी छिन् । महराकै कारण उपसभामुखबाट हात धुन बाध्य भएकी शिवमायाले संयोगबस महरा रिहाई भएकै दिन बधाई थापिरहेकी छिन् ।

महरा बलात्कार मुद्दामा पुर्पक्षका लागि जेल चलान भएपछि उपसभामुख तुम्बाहाङफेले अर्काले गरेको गल्तीको सजाय आफूले नभोग्ने भन्दै करिब तीन महिनासम्म पद नछाड्ने अडान लिइरहिन् । तर नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख पद त्यागेमा मन्त्री बनाउने आश्‍वासन दिएका थिए। दुई अध्यक्षले उक्त आश्वासन पूरा गरेकै दिन आज महराको पनि रिहाइ भएको हो ।

तुम्बाहाङफे सपथ तयारीमा रहँदा यता महरा पनि गृह प्रवेशको तयारीमा छन् । सभामुख महरालाई संसद् सचिवालयमै कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि उनले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । महराले राजीनामा दिएपछि लामो समय रिक्त रहेको सभामुख पदमा भने नेकपा नेता अग्नी सापकोटा नियुक्त भैसकेका छन् ।

वि.सं.२०७६ फागुन ५ सोमवार १६:४८ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...