back
CTIZAN AD

सिटिजन्स बैंक र ई—सेवा बीच रेमिटेन्स सम्झौता

वि.सं.२०७६ फागुन ५ सोमवार

945 

shares

५ फागुन काठमाडौं । सिटिजन्स बैंक र ई—सेवाका बीच विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ । सम्झौता अनुसार अब ई—सेवा मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ । यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको जनाइएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ । अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगदफिर्ता) हुने योजना सञ्चालनमा ल्याएको पनि विज्ञप्ति मार्फत जनाएको छ ।

वि.सं.२०७६ फागुन ५ सोमवार १६:५९ मा प्रकाशित

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...