५ फागुन, काठमाडौं । काठमाडौँ जिल्ला अदालतबाट पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएपछि संसद सचिवालय कर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छन् । रोशनीले दुख दिन खोज्नेहरु पराजित भएको बताईन् ।
‘महरा सरले र आफूले न्याय पाएको उनको भनाई थियो । महराले आफ्नो कारण नभई राज्यको कारण दुःख पाएको उनले बताइन् । उनले अदालतको फैसलाबाट दुख दिन खोज्नेहरु पराजित भएको दोहोर्याइन् ।
रोशनीले सुरुमा महराले आफूलाई बलात्कार प्रयास गरेको आरोप एक भिडियो अन्तर्वार्तामार्फत लगाएकी थिइन् । शाहीमाथि बलात्कार प्रयास गरेको आरोपमा पूर्व सभामुख महरालाई १९ असोजमा पक्राउ गरिएको थियो।
वि.सं.२०७६ फागुन ५ सोमवार १७:३३ मा प्रकाशित






























