back
CTIZAN AD

पर्यटक बढाउन ‘चितुवा’

वि.सं.२०७६ फागुन ६ मंगलवार

1.2K 

shares

६ फागुन, दाङ । भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ ।

पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारील बताए । गणेशपुर नामले परिचित उक्त पार्कमा सवडिभिजन वन कार्यालय तनहुँको सहयोगमा चितुवा ल्याइएको उनको भनाइ छ । उनका अनुसार करिब एक वर्ष अघिदेखि पार्कको लागि चितुवा सहयोग गरिदिन माग गरिएको थियो । “हामीले लामो प्रयासपछि पार्कमा चितुवा ल्याएका छौँ” उनले भने, “यसले यहाँ पर्यटकको ध्यान केन्द्रित गरेको छ ।”

उनका अनुसार पाँच वर्षको ४० किलो तौलको चितुवा ल्याइएको हो । माघ २६ गते ल्याइएको उक्त चितुवा हेर्नका लागि आउने पर्यटकको सङ्ख्या बढ्न थालेको अध्यक्ष भण्डारीले बताए । चितुवा ल्याएपछि हेरचाह गर्नका लागि दक्ष व्यक्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ । “हामीले चितुवा त ल्यायौँ तर हेर्न सक्ने दक्ष व्यक्ति नहुँदा समस्या भएको छ” उनले भने, “यसको समाधानका लागि हामीले तयारी गरिरहेका छौँ ।”

अबको केही समयमा बाघ, अजिङ्गर, निलगाइ, भालु, जरायो, मयूरलगायतका जनावर ल्याउने गरी प्रक्रियाअघि बढाएको बताए । त्यसका लागि विभिन्न निकायसँग समन्वय भइरहेको बताए ।

अहिले पार्कमा घाइते तथा अलपत्र जङ्गली जनावरलाई उपचार तथा संरक्षण गरिएको उहाँको भनाइ छ । उद्यानमा हाल २० वटा खरायो, पाँच वटा गिनिपिक (मुसा खरायो), दुई वटा राजहाँस, दुई वटा टर्की, एउटा कछुवा, दुईवटा हुईंचिल, एउटा चिल, एउटा दुम्सी, दुईवटा बाँदर र एउटा चित्तल रहेका छन् ।

यी जनावर तथा पंक्षी ल्याएसँगै दैनिक अवलोकन गर्नेको सङ्ख्या बढेका छन् । अहिले पार्कमा पिकनिक स्पर्ट, बाल उद्यानलगायत संरचना रहेका छन् । पार्कमा गणेश मन्दिर निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने गौतमबुद्धको शालिक पनि निर्माण भइरहेका छन् । यहाँ पहिले वनभोजका लागि बढी मानिस आउने गरेको भए पनि पछिल्लो समय जनावर तथा पंक्षीको अवलोकन गर्न आउने गरेको वडा नं ७ का वडाध्यक्ष टोपबहादुर केसीले बताए ।

वि.सं.२०७६ फागुन ६ मंगलवार १५:३८ मा प्रकाशित

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...