back
CTIZAN AD

गाउँपालिकाको उदाहरणीय काम, बसाई सरेर आउनेलाई दुहुँनो गाई उपहार

वि.सं.२०७६ फागुन १० शनिवार

732 

shares

१० फागुन, काठमाण्डौं । सुविधा र कामको खोजीमा बसाइँ जाने क्रम बढेपछि छथरजोरपाटी गाउँपलिका अन्यत्रबाट आउने परिवारलाई दुहुनो गाईँ उपहार दिन थालेको छ ।

गाउँपालिकाका जुनसुकै स्थानमा स्थायी बसाईँ आउने घर परिवारको जीवन निर्वाहमा सहयोग पुर्याउने उद्धेश्यले दुहुनो गाईँ उपहार दिन थालिएको गाउँपलिका अध्यक्ष शेरबहादुर लिम्बूले बताए ।

‘मधेसलगायत अन्य बसाईँ जाने क्रममा कमी ल्याउँछ,’ उनले भने, ‘कार्यक्रमले उत्पादनशील भूमि बाँझोमा परिणत हुने परिस्थितिको अन्त्य हुने विश्वास छ ।’ कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले कार्यविधि निर्देशिका बनाएको छ । अहिलेसम्म गाउँपालिकाभरिमा ८ जना नयाँ परिवार बसाईँ आएका छन् । नयाँ परिवारले दुहुनो गाईँ माग्दै गाउँपालिकामा आवेदन दिइसकेका छन् ।

नयाँ घरपरिवारलाई प्रति गाईँ खरिदमा अधिकतम ६१ हजार रुपैयाँ अनुदान उपलब्ध गराईँने पशुपंक्षी विकास शाखाका प्रमुख राजकुमार राईले बताए । उनका अनुसार बसाइँ आउने परिवारले गाउँपलिकामा निवेदन बसाईँ सारइ प्रमाणपत्र, लालपूर्जा र नागरिकताको प्रतिलिपी, वडा कार्यालयको सिफारिस पशुपंक्षी शाखामा बुझाउनु पर्छ । शनिबारको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७६ फागुन १० शनिवार ०७:५८ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...