back
CTIZAN AD

पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने

वि.सं.२०७६ फागुन १० शनिवार

708 

shares

१० फागुन, काठमाण्डौ । दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक\दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ ।

तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि फेरबदल भइरहेने मौसमविद् कँडेलको भनाइ छ । अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ । प्रिःमनसुन अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ । उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ ।

हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका पूर्वी तथा मध्य भेगमा आंशिकदेखि सामान्य बदली रहनुका साथै पूर्वी पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ । काठमाडौँसहित मध्य भेगमा बदली रहे पनि छिटफुट मात्रै वर्षा हुने मौसमविद् कँडेलले बताउनुभयो । पूर्वी भूभागका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । रातको समयमा पूर्वी पहाडी क्षेत्रमा बदली रहनेछ भने बाँकी भेगमा मौसम सफा रहने महाशाखाले जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा उल्लेख छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बितेका २४ घण्टामा देशैभर वर्षा भएको छ । सबैभन्दा धेरै डडेलधुरामा ५१ दशमलव नौ र दिपायलमा ४७ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा छ दशमलव चार मिलिमिटर वर्षा भएको छ । वीरेन्द्रनगरमा १२, दाङमा ११ मिलिमिटर वर्षा भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । रासस

वि.सं.२०७६ फागुन १० शनिवार १३:३६ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...