back
CTIZAN AD

सेना विरोधी र लोकतन्त्र पक्षधर एक पार्टीलाई थाई अदालतद्वारा घिटन

वि.सं.२०७६ फागुन १० शनिवार

780 

shares

१० फागुन, बैङ्कक ।  सेना विरोधी र लोकतन्त्र पक्षधर एउटा पार्टीलाई थाइल्याण्डको अदालतले विघटन गरिदिएको छ ।

अदालतको शुक्रबारको फैसलामा विघटित पार्टीका मुख्य नेताहरुलाई राजनीतिमा प्रतिबन्ध पनि लगाइएको छ । फ्युचर फरवार्ड पार्टी (एफएफपी)लाई अदालतले विघटन गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

सन् २०१४ मा भएको ‘कु’ पछिको पहिलो निर्वाचनमा सो पार्टी तेस्रो ठूलो पार्टी भएको थियो । सो पार्टीको नेतृत्व देशका धनाड्य मानिने थानाथोर्न जुआनग्रुन्ग्रुआङकितले गरेका थिए । एफएफपीले थाइल्याण्डमा पूर्ण लोकतन्त्रको माग गर्र्दै आन्दोलन गरिरहेको छ । उनीहरुले सेनालाई राजनीति र व्यापारबाट अलग बनाउनु पर्ने माग पनि गरेका छन् । यो पार्टीले ६३ हजार भोट प्राप्त गरेको थियो भने शक्तिशाली मानिएको परम्परागत सेनाका विरुद्धमा छ ।

निर्वाचनबाट विजयी भएका यस पार्टीका ७६ जना सांसदहरुलाई पनि थाइल्याण्डको अदालतमा अनेक मुद्दा लगाइएको छ । अदालतको फैसलालाई एफएफपीका नेताहरुले भने अस्वीकार गरेका छन् । उनीहरुले अदालतले गलत फैसला गरेको टिप्पणी गरेका छन् । पार्टीका नेता थानाथोर्नले अदालतको फैसलाबाट बिचलित नहुन र आफ्नो सपनाको यात्रालाई नरोक्न आह्वान गरेका छन् ।

थाईल्याण्डको अदालतमा उनी र उनको पार्टीका विरुद्धमा २९ ओटा मुद्दा रहेको समाचारमा जनाइएको छ । “आजको दिन थाईल्याण्डका लागि सवैभन्दा अध्याँरो र कालो दिन हो, यो अध्याँरोबाट देशलाई मुक्त नगर्दासम्म मैले विश्राम लिनेछैन, त्यो दिनको प्रतिक्षा गर्दै संघर्ष गरौँ,” उहाँले भन्नुभयो । पुरानो पार्टी विघटन भएपनि नयाँ पार्टी बनाउने र त्यसैले थाई नागरिकको प्रजातान्त्रिक अधिकारको लडाई लड्ने घोषणापनि उनले गरेका छन् । एएफपी

वि.सं.२०७६ फागुन १० शनिवार १३:२९ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...