back
CTIZAN AD

बाढीका कारण चार विद्यार्थीको मृत्यु, दश बेपत्ता

वि.सं.२०७६ फागुन १० शनिवार

642 

shares

१० फागुन, योग्याकार्ता । इन्डोनेसियामा शुक्रबार आएको बाढीका कारण डुबेर कम्तीमा चार विद्यार्थीको मृत्यु भएको छ ।
बाढीले बगाएकाले अरु दश जना अझै हराइरहेका छन् । सरकारी अधिकारीहरुका अनुसार नदीको छेउछाउबाट यात्रा गरिरहेका बेला उनीहरुलाई नदीमा आएको बाढीले बगाएको हो ।

झण्डै २५० जनाको समूहमा रहेका विद्यार्थीमध्ये अरु दुई दर्जन घाइते भएका छन् । घाइते भएकालाई स्थानीय योगाकार्तमा रहेको अस्पतालमा उपचारका लागि लगिएको छ ।“उनीहरु नदीको छेउछाउको यात्रा गरिरहेका थिए, त्यही बेलामा एक्कासी शक्तिशाली बाढी आएर केही विद्यार्थीहरूलाई बगायो, केहीको डुबेर मृत्यु भयो भने केही घाइते भएका छन्,” राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता अगुस विबोवोले भने ।

मृत्यु भएकाहरु सवै माध्यामिक विद्यालयका विद्यार्थी रहेको जनाइएको छ । सरकारी अधिकारीले हराइरहेकाहरूको खोजी कार्य तीब्ररूपमा भइरहेको जानकारी दिएका छन् ।

धेरै जना हराइरहेकाले मृत्यु हुनेको संख्या अझ धेरै हुनसक्ने अनुमान गरिएको खोजी तथा उद्धार कार्यमा खटिएकाहरुले बताएका छन् । एएफपी\सिन्ह्वा

वि.सं.२०७६ फागुन १० शनिवार १३:२६ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...