Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

स्प्रीङ भ्याली एकेडेमीको चौथो वार्षिकोत्सव एवम् अभिभावक भेला सम्पन्न



११ फागुन, काठमाण्डौ । तारकेश्वर न.पा. २ , जरङ्खु , वसन्त कोलोनीस्थित स्प्रीङ भ्याली एकेडेमीले शनिबार चौथो वार्षिकोत्सव एवम् अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिनेशचन्द्र देवकोटाको प्रमुख आतिथ्यतामा साझा पार्टी प्यालेस जरङ्खुमा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा विशेष अतिथिहरू काठमाण्डौ प्याब्सनका उपाध्यक्ष प्रेम राई परीक्षित तथा तारकेश्वर नगर प्याब्सनका सहसचिव कमल ज्ञवाली लगायत अन्य अतिथि वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवकोटाले स्थापनाको ४ वर्ष पूरा हुँदा नहुँदै विद्यालयले शैक्षिक स्तर उँचो बनाउनुको साथै विविध अतिरिक्त कृयाकलापहरूमा समेत सक्रिय सहभागिताका साथ सामाजिक विश्वास आर्जन गर्न सकेकोमा खुसी व्यक्त गरेका थिए । उनले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा नै आजको वस्तुगत आवश्यकता रहेको दृष्टान्त समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि प्रेम राईले विद्यालयले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको धारणा राख्दै विद्यार्थीहरुको शैक्षिक भविष्य निर्धारणमा घरायसी र सामाजिक वातावरणको भूमिकामाथि प्रकाश पारेका थिए भने तारकेश्वर प्याब्सनका कमल ज्ञवालीले अबका दिनहरूमा हरेक विद्यालयले पाठ्यक्रमका वियषवस्तुहरुलाई समाजसंग जोड्नु पर्ने तथा सूचना प्रविधिमैत्री शिक्षा प्रणाली अवलम्बन गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष विश्वमणि अधिकारीले अभिभावकले छोरा र छोरीप्रति असमान व्यहार प्रदर्शन गर्न नहुने धारणा राख्दै सीप, संस्कार र प्रविधि सहितको शिक्षा नै स्प्रीङ भ्याली स्कुलको मूल प्रतिबद्धता रहेको विचार व्यक्त गरेका थिए । सो कार्यक्रमका अर्का वक्ता वसन्तनगर टोल सुधार समितिका अध्यक्ष आत्माराम पराजुलीले विद्यालयले छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गरेको भन्दै भावी प्रगतिका लागि शुभेच्छा प्रकट गरेका थिए ।

त्यस्तैगरी कार्यक्रममा मन्तव्य राख्दै विद्यालयका प्राचार्य नवराज न्यौपानेले शिक्षक, अभिभावक, विद्यार्थी र समुदायको समन्वय र सहकार्यबाट विध्यालयले गुणस्तर सुधारको बाटो पक्रिएकोले भविष्यमा पनि गुणात्मक शैक्षिक विकासमा सबै पक्षको उत्तिकै योगदान रहने विश्वास व्यक्त गरेका थिए । उनले सय जना विद्यार्थीबाट सुरु भई पाँच सयको हाराहारीमा विध्यार्थी संख्या बढोत्तरी हुनु र समुदायमा विध्यालयका गतिविधिहरुका बारेमा सघन र सकारात्मक बहस हुनु सुखद पक्ष रहेको विचार व्यक्त गरे ।

लोकगायक अमृत सापकोटाले चर्चित बालगायिका कमला घिमिरेसङ्ग गाएको ‘चिया छानेको’ बोलको गीत प्रस्तुत गरी दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए भने कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध गीत, नृत्य, नाटकका साथै कराते खेल कौशल प्रदर्शन र स्काउटका विद्यार्थीहरुले स्वयमसेवकको भूमिका निभाएका थिए ।

विद्यालय तहमा विद्यार्थीहरुद्वारा नै स्वस्फूर्त रूपमा गठन भएको ‘क्वालिटी सर्कल’ का सदस्य विद्यार्थीहरुले विद्यालयको पठनपाठन र शैक्षिक गतिविधिका बारेमा सामूहिक धारणा राखेका थिए ।उक्त कार्यक्रममा शेयर धनी,अभिभावक, विध्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, वुद्धिजीवि सहित करिब १००० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयबाट सन्चालित आवधिक परीक्षाहरुमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी एवम् अतिरिक्त क्रियाकलाप प्रतियोगितामा उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई पदक, पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । अभिभावक स्तरीय खेलकुद प्रतियोगिताका विजयी अभिभावकहरूलाई पनि सो अवसरमा पुरस्कार वितरण गरिएको थियो ।

स्प्रीङ भ्याली एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद आचार्यको सभापतित्वमा सन्चालित उक्त कार्यक्रमलाई सोही विद्यालयकी मा.वि.तहकी शिक्षिका सुमित्रा भट्टले सहजीकरण गरेकी थिइन् ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज