back
CTIZAN AD

दक्षिण कोरियाका कोरोना फैलिने क्रम तिब्र, दुईको मृत्यु, ५५६ जना सङ्क्रमित

वि.सं.२०७६ फागुन ११ आइतवार

894 

shares

११ फागुन, सोल ।  दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिएको पाइएको छ ।
केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ ।

त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
मृत्यु भएका चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरु १०० जना विरामी रहेका छन् ।पछिल्लो समयमा भेटिएका सङ्क्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन् ।

कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार चर्चमा सहभागी भएका मध्ये सयौंलाई कोरोना सङ्क्रमण भएको छ । चर्चमा पहिलो सङ्क्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ बर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिंदै गएको अधिकारीहरुले जनाएका छन् ।

कोरियाको डाएगु सहर देशकै चौथो ठूलो शहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन्। यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् ।
सङ्क्रमित हुनेहरुको संख्या एकाएक अत्यधिक तिब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले आइतबार जानकारी दिए ।

आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनु पर्ने उनको भनाई छ । राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरुका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए ।“सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञहरुको सुझावका आधारमा गरिएको छ,” उनले भने ।

वि.सं.२०७६ फागुन ११ आइतवार १४:२९ मा प्रकाशित

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...