back

दक्षिण कोरियाका कोरोना फैलिने क्रम तिब्र, दुईको मृत्यु, ५५६ जना सङ्क्रमित

वि.सं.२०७६ फागुन ११ आइतवार

483 

shares
GLOBAL IME AD
NTC AD

११ फागुन, सोल ।  दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण तिब्र रुपमा फैलिएको पाइएको छ ।
केहीदिनदेखि सङ्क्रमितहरुको संख्या बढ्दै गएकोमा शनिबार थप १२३ जनामा सङ्क्रमण देखिएको छ । कोरियामा योसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५६ पुगेको छ ।

त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि दुई जना थपिएर चार जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
मृत्यु भएका चार जनामध्ये एक पुरुषको चेङ्दुस्थित अस्पतालमा मृत्यु भएको हो । देशको दक्षिणी क्षेत्रमा पर्ने सो सहरमा रहेको अस्पतालमा अरु १०० जना विरामी रहेका छन् ।पछिल्लो समयमा भेटिएका सङ्क्रमितमध्ये ७५ जना अर्को दक्षिणी सहर डाएगुमा रहेको शिन्चेन्जी इसाई चर्चमा भेटिएका हुन् ।

कोरियाली प्रकोप नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार चर्चमा सहभागी भएका मध्ये सयौंलाई कोरोना सङ्क्रमण भएको छ । चर्चमा पहिलो सङ्क्रमण यही फेब्रुअरी १० तारिखका दिन ६१ बर्षीया एक महिलामा देखिएको थियो । त्यही नै पछि फैलिंदै गएको अधिकारीहरुले जनाएका छन् ।

कोरियाको डाएगु सहर देशकै चौथो ठूलो शहर मानिन्छ जहाँ २५ लाख मानिस बस्छन्। यसैबीच दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरोना भाइरस नियन्त्रणका लागि देशभरी सबैभन्दा उच्च सतर्कता अपनाइएको बताएका छन् ।
सङ्क्रमित हुनेहरुको संख्या एकाएक अत्यधिक तिब्र गतिमा बढ्न थालेपछि सतर्कता बढाइएको उनले आइतबार जानकारी दिए ।

आगामी केही दिन सङ्क्रमणकालीन अवस्था रहने भएकाले नियन्त्रण तथा उपचारमा पर्याप्त ध्यान दिनु पर्ने उनको भनाई छ । राष्ट्रपति मुनले भाइरस नियन्त्रणका लागि अपनाउनु पर्ने उपायहरुका बारेमा छलफल तथा तयारी भइरहेको पनि जानकारी दिए ।“सरकारले भाइरस नियन्त्रणका लागि पर्याप्त गृहकार्य र सतर्कता अपनाएको छ, ती सबै काम विज्ञहरुको सुझावका आधारमा गरिएको छ,” उनले भने ।

वि.सं.२०७६ फागुन ११ आइतवार १४:२९ मा प्रकाशित

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

ल्याटिन अमेरिकी नेता र चिनियाँ अधिकारीबीच बेइजिङमा भेटवार्ता

बेइजिङ । चीनले ल्याटिन अमेरिकासँगसम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ ल्याटिन...

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पाकिस्तानसँगको युद्धविरामपछि भारतीय सेनाद्वारा ‘पहिलो शान्त रात’ घोषणा

पुँच (भारत) । अप्रत्याशित रूपमा शनिबार सहमति भएको युद्धविरामपछि दुई...

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

राष्ट्रपति ट्रम्पको खाडी मुलुकहरूतर्फको ऐतिहासिक भ्रमण, व्यापारिक सहकार्य र क्षेत्रीय स्थायित्वमा जोड

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो सोमबार...

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा । क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अङ्कले...

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमानमा हुने

इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमानमा हुने

तेहरान ।  इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष...

अमेरिकी भन्सार र येनको कारण टोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने पूवानुमान

अमेरिकी भन्सार र येनको कारण टोयोटाको नाफा ३४.९ प्रतिशतले घट्ने पूवानुमान

टोकियो । जापानको प्रमुख अटो निर्माता टोयोटा मोटर कर्पोरेशनले आर्थिक...