११ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौ जिल्ला समितिमा बिबाद देखिएको छ ।
फागुन ६ गते सार्बजनिक गरिएको काठमाडौं जिल्ला कमिटीमा निकै ठूलो बिबाद रहेको साविक अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला समितिका उपाध्यक्ष विमल पौडेलले बताएका छन ।
“पुराना तथा सक्रिय साथीहरुलाई संगठनबाट हटाईएको छ ।” पौडेलले भने “यदि यो निर्णय नसच्याईए समानान्तर कमिटी बनाउन कसैले पििन रोक्न सक्दैन । ”
“काठमाडौं जिल्ला कमिटीमा निकै ठूलो बिबाद रहेको साविक अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला समितिका उपाध्यक्ष विमल पौडेलले बताएका छन ।”
तत्कालिन जिल्ला कमिटीमा सदस्य नभएकाहरुलाई पनि गुटको आधारमा जिल्ला सदस्य बनाईएको असन्तुस्ट पक्षको भनाइ रहेको छ ।
बिद्यार्थी आन्दोलनमा भएका पुराना जिल्ला सदस्यहरुलाई भन्दा पनि जागिरेहरुलाई जिल्ला सदस्य बनईएकोले यो कुनै पनि हालतमा मान्य नहुने उनिहरुको आरोप छ ।
उनीहरुले फागुन ९ गते तत्कालिन अखिल क्रान्तिकारीका बागमती प्रदेश संयोजकलाई ध्यानाकर्षण पत्र बुझाई सकेकोले सुनुवाई नभए समानान्तर कमिटी बनाइने चेतावनी दिएका छन ।
वि.सं.२०७६ फागुन ११ आइतवार १९:४२ मा प्रकाशित





























