back
CTIZAN AD

तीन महिनाभित्र नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गरिँदै

वि.सं.२०७६ फागुन १२ सोमवार

1.3K 

shares

१२ फागुन, काठमाडौँ । गृह मन्त्रालयले आगामी तीन महिनाभित्र नेपाल प्रहरीलाई प्रदेशमा समायोजन गर्ने भएको छ ।

समायोजनपछि प्रहरीलाई प्रदेश सरकारले सञ्चालन गर्नेछ । समायोजन प्रक्रिया लामो हुँदा त्यसबाट शान्ति सुरक्षामै असर पर्न सक्ने भएकाले समायोजन प्रक्रिया छिटो गर्न लागिएको हो ।

६ फागुनबाट समायोजनसम्बन्धी ऐन लागू भइसकेको छ । ऐन लागू भएपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय तथा प्रदेश सरकारसँग आवश्यक प्रहरीको दरबन्दी मगाइसकेको छ । साथै, अरू प्राविधिक तयारीसमेत थालिएको छ ।
प्रहरी समायोजनका लागि गृह मन्त्रालयले सफ्टवेयर बनाउने भएको छ । आइतबार यस सम्बन्धमा मन्त्रालयले छलफल गरेको छ । निजामती कर्मचारी समायोजन पनि सफ्टवेयरमार्फत नै गरिएको थियो । कर्मचारी समायोजनमा आबद्ध कर्मचारीसँग गृहले आइतबार छलफल गरेको हो ।

समायोजन निर्णय गर्दा निष्पक्ष हुने भएकाले सफ्टवेयरको सहयोग लिन लागिएको हो । कर्मचारी समायोजनमा कतिपय समस्यासमेत देखिएको थियो । त्यस्ता समस्यासमेत नहुने गरी समायोजन गर्न लागिएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् ।सोमबारको नयाँ पत्रिका दैनिकबाट

वि.सं.२०७६ फागुन १२ सोमवार ०८:०९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...