बलिवुडमा एकबेलाका चर्चित तथा हाल योगा मास्टर अभिनेत्री शिल्पा सेठ्ठीले दोश्रो सन्तान जन्माएको चर्चा चलिरहेको छ यतिबेला ।
यसअघि छोरा जन्माइसकेकी उनले दोश्रो सन्तान आफ्नो कोखबाट नभएर सरोगेसी तरिकाबाट जन्माएकी हुन् ।
आफ्ना श्रीमान राज कुन्द्राले दोश्रो सन्तान पनि चाहेको र आफू व्यस्त भएका कारण अर्कैको कोख भाडामा लिएर छोरी जन्माएको बताइएको छ ।
एकसाता अघि दोश्रो सन्तानका रुपमा छोरीको आमा बनेको बताउँदै उनले छोरीको नाम समीशा सेठ्ठी कुन्द्रा राखिएको खुलासा गर्दै इन्स्टग्राममा फोटो राखेकी हुन् ।
वि.सं.२०७६ फागुन १३ मंगलवार ०८:४१ मा प्रकाशित




























