१३ फागुन, काठमाडौँ । चार/पाँच दिनदेखि लगातार उकालो लाग्दै आएको सुनको मुल्य आज मंगलबार घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार मंगलबार सुनको मूल्य ३ सयले घटेको हो ।
सोमबार छापावाला सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज मंगलबार ३ सयले घटेर तोलामा ८० हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ७९ हजार ७ सय पुगेको छ ।
बजारमा सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार ९ सय २५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
वि.सं.२०७६ फागुन १३ मंगलवार ११:३७ मा प्रकाशित






























