back
CTIZAN AD

महिला मात्रको गोरखकाली गुल्मका शैनिक भन्छन्- ‘फौजले गर्ने सबैखाले काम गछौं’

वि.सं.२०७६ फागुन १३ मंगलवार

1.3K 

shares

१३ फागुन, काठमाडौं । महिला मात्र सहभागि रहेको एकमात्र गुल्म गोरखकाली गुल्म । नारायणहिटीमा रहेको सो गुल्मको नेतृत्व सेनानी रेखा खत्री गरिरहेकी छन् । यो गुल्ममा ड्राइभर, प्लम्बर, इलेक्ट्रिसियनदेखि हतियार मर्मत र सफाई गर्नेसम्मका ‘ट्रेड’का १७८ जना प्राविधिक जनशक्ति छ ।

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भएसँगै नेपाली सेनाले पनि समावेशिकरणको सिद्धान्त अनुसार महिला सहभागिता बढाउँदै लग्यो । त्यसै क्रममा महिला मात्रको गोरखकाली गुल्म १ साउन २०७४ मा स्थापना भएको थियो । यसअघि यो गुल्मको नेतृत्व सेनानी सृष्टि खड्का र सेनानी जमुना विष्टले गरेका थिए । सैनिक महिलाको व्यवसायिक क्षमता विकासका लागि यो गुल्म महत्वपूर्ण रहेको मेजर सृष्टि खड्का बताउँछिन् ।

सेरोमनियल ड्युटीको जिम्मेवारी पाएको यो गुल्मले सेना दिवस, संविधान दिवस लगायतका अवसरमा हुने सभा–समारोहहरुमा ड्रिलहरु प्रदर्शन गर्नेदेखि उपत्यका पृतनाले अह्राएका अपरेशनल कामहरु गर्ने गरेको छ । अहिलेकी गुल्मपति खत्री भन्छिन्, ‘सेरोमनियल बाहेक फौजले गर्ने सबैखाले काम गछौं ।’

सेनाका महिला कर्मचारीले साधारण फौज सरह सबै तालिम गर्नुपर्छ । महिला पनि सैनिक सेवा नियमावलीमा उल्लेख भएका कोर्सहरु पूरा गरेरै बढुवा हुने मेजर खत्री बताउँछिन् ।

नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार सेनामा महिलाको संख्या करिब ७ हजार पुगिसकेको छ । यो कुल सैनिक जनशक्तिको करिब ७ प्रतिशत हो । महिला मात्र रहने अरु गुल्म पनि खडा गर्ने तयारी रहेको उनले बताए । अहिले सेनाको ‘स्पेशल फोर्स’बाहेक अधिकांश इकाइमा महिला सहभागिता छ।

नेपाली सेनामा दौड र भारीको तौलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार महिलालाई केही कम गरिएको छ । सबभन्दा कठिन मानिएको कमाण्डो तालिम पनि महिला सैनिकले गर्नुपर्दैन ।

अरु सबै तालिम सेनाको क्यालेण्डर अनुसार गर्नपर्ने मेजर खत्री बताउँछिन् । उनी भन्छिन्, ‘अरु रुटिन महिला र पुरुष सैनिकको भिन्दाभिन्दै हुँदैन ।’

अहिले सेनाको ‘स्पेशल फोर्स’बाहेक अधिकांश इकाइमा महिला सहभागिता छ । पुरुषले नेतृत्व गरेको इकाइमा समस्या राख्न भने अझै असहज हुने गरेको महिला सैनिकहरुको अनुभव छ । महिला मात्रको गुल्ममा भने त्यस किसिमको समस्या नहुने हुद्दा शिला थापा बताउँछिन् ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ११:३२ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...