back

नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी तीव्र

वि.सं.२०७६ फागुन १३ मंगलवार

492 

shares
GLOBAL IME AD
NTC AD

१३ फागुन, चितवन । नेपाल पोल्ट्री महासङ्घको आयोजनामा यही फागुन १६ गतेदेखि यहाँ नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२० हुने भएको छ । महासङ्घले सोमबार पत्रकार सम्मेलन आयोजना गरी तीन दिनसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो ।

महासङ्घको आयोजना, मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स एण्ड इभेण्ट प्रालिको सहकार्यमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, दुग्ध उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योगलगायतको सम्पूर्ण पशुपक्षीपालनलगायतका विषयमा जानकारी दिइने छ । यस्तै नेपाल भेटेरेनरी सङ्घको सहकार्यमा चारदिने पोल्ट्री पाठशालाको आयोजना गरिने आयोजकले जनाएको छ ।

करिब २०० व्यापारिक कक्ष रहने सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानलगायतको प्रत्यक्ष संलग्नता रहने महासङ्घका महासचिव दिनेशराज मिश्रले जानकारी दिए ।

प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घसँगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, चीन, अमेरिका, टर्की, मलेशिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्गलादेशलगायत देशका पोल्ट्री कम्पनीको सहभागिता रहने महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले बताए ।हरेक दुई–दुई वर्षमा आयोजना गरिने प्रदर्शनी भरतपुरको चितवन एक्सपो सेन्टरमा आयोजना गरिँदैछ ।रासस

वि.सं.२०७६ फागुन १३ मंगलवार ११:२९ मा प्रकाशित

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक जेठ १२ मा

काठमाडौँ । नेपाल–बेलायत संसदीय मैत्री समूहको बैठक यही जेठ १२...

लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

लुम्बिनीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...

पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

भरतपुर (चितवन) । खैरहनी नगरपालिका–२ ज्यामिरे चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी...

विद्युतीय खरिदसम्बन्धी तालिम आयोजना

विद्युतीय खरिदसम्बन्धी तालिम आयोजना

पाटन (ललितपुर) । सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौं र बागमती...

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...