back
CTIZAN AD

नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनीको तयारी तीव्र

वि.सं.२०७६ फागुन १३ मंगलवार

894 

shares

१३ फागुन, चितवन । नेपाल पोल्ट्री महासङ्घको आयोजनामा यही फागुन १६ गतेदेखि यहाँ नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी–२०२० हुने भएको छ । महासङ्घले सोमबार पत्रकार सम्मेलन आयोजना गरी तीन दिनसम्म अन्तर्राष्ट्रिय प्रदर्शनी गर्न लागिएको जानकारी गराएको हो ।

महासङ्घको आयोजना, मिडिया स्पेस सोलुसन्स प्रालि तथा फ्युचरेक्स एण्ड इभेण्ट प्रालिको सहकार्यमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, दुग्ध उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योगलगायतको सम्पूर्ण पशुपक्षीपालनलगायतका विषयमा जानकारी दिइने छ । यस्तै नेपाल भेटेरेनरी सङ्घको सहकार्यमा चारदिने पोल्ट्री पाठशालाको आयोजना गरिने आयोजकले जनाएको छ ।

करिब २०० व्यापारिक कक्ष रहने सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी, क्षेत्रगत पेशाकर्मी तथा समग्र किसानलगायतको प्रत्यक्ष संलग्नता रहने महासङ्घका महासचिव दिनेशराज मिश्रले जानकारी दिए ।

प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घसँगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, चीन, अमेरिका, टर्की, मलेशिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्गलादेशलगायत देशका पोल्ट्री कम्पनीको सहभागिता रहने महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले बताए ।हरेक दुई–दुई वर्षमा आयोजना गरिने प्रदर्शनी भरतपुरको चितवन एक्सपो सेन्टरमा आयोजना गरिँदैछ ।रासस

वि.सं.२०७६ फागुन १३ मंगलवार ११:२९ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य

काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको खेलमा...

प्रतिनिधिसभाको बैठक : मङ्गलबारसम्मका लागि स्थगन

प्रतिनिधिसभाको बैठक : मङ्गलबारसम्मका लागि स्थगन

काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही जेठ २६ गतेसम्मका लागि स्थगित...