१३ फागुन, काठमाण्डौ । गोकर्णेश्वर नगरपालिकाका तरुण दलका अध्यक्ष गोपाल श्रेष्ठको मृत्यु भएको छ ।
अध्यक्ष श्रेष्ठको सोमबार बेलुका ५ बजे हृदयघातका कारण मृत्यु भएको हो ।
मेडिकल कलेज जोरपाटीमा आइटि टेक्निसियनका रुपमा कार्यरत श्रेष्ठ त्यहि अचानक छाति दुखेपछि एक्सरे गर्नका लागि भनेर जाँदाजाँदा गाह्रो भएपछि एमरजेन्सीमा लैजाने वित्तिकै उनको मृत्यु भएको बताइएको छ ।
४५ वर्षिय श्रेष्ठको मृत शरीर मंगलबारै दाहसंस्कार गरिएको छ ।
श्रेष्ठको मृत्युको खबरले तरुण दल परिवार दुखित भएको भन्दै केन्द्रीय अध्यक्ष जित जङ्ग बस्नेतले प्रेस विज्ञप्ति जारी गर्दै श्रद्धान्जलि व्यक्त गरेका छन् ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १२:०० मा प्रकाशित






























