back
CTIZAN AD

हङकङमा कोरोना भाईरस सम्बन्धि दोस्रो चरणको चेतनामूलक कार्यक्रम सम्पन्न

वि.सं.२०७६ फागुन १३ मंगलवार

759 

shares

२५ फ्रेबुअरी । हङकङमा कोरोना भाईरस  (2019-nCoV)परिचय र रोकथाम सम्बन्धि जानकारी सहित निस्शुल्क सर्जिकल मास्क वितरणू दोश्रो चरणको सामुदायिक कार्यक्रम सम्पन्न भएको छ ।

हङकङ नेपाली महासंघ, सिएसटिएन र नेपाल क्लब हङकङको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा हङकङका नेपाली बालबालिका, युवायुवती र जेष्ठनागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । सचेतनामूलक कार्यक्रममा कोरोना भाईरसको परिचय, यसको संक्रमण लक्षण एवं पहिचान, नियन्त्रण र रोकथामका उपायहरु बारे सम्बन्धि जानकारी दिनुको साथै यसबाट बच्न र बचाउन अपनाउनु पर्ने उपायहरुमा बिशेषत हातको सरसफाइ र मास्क लगाउने तरीका सम्बन्धमा डा लक्ष्मी रानाले बिस्तृत जानकारी दिएकी थिइन् ।

भाईरसको संक्रमण नियन्त्रण सहयोग पुग्ने अपेक्षा सहित आयोजना गरिएको कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै नेपाल क्लब हङकङकी अध्यक्ष तथा सिएसटिएन प्रोजेक्ट ईन्चार्ज रिता गुरुङ र हङकङ नेपाल महासंघका कार्यवाहक अध्यक्ष लोकराज लिम्बूले कार्यक्रमका बिशेष अतिथिहरु आयोजक संस्थाहरुसंग सम्बन्धित हङकङका नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई कोरोना भाईरस सम्बन्धि हङकङ सरकारबाट प्रकाशित पुस्तक र सर्जिकल मास्क वितरण गराएका थिए । त्यसैगरी बिशेष अतिथिहरुबाट उपस्थित जनसमुदायलाई मास्क, टिस्यू पेपर सहित जानकारीयुक्त पोष्टर बुकलेट वितरण गरिएको थियो ।

यसअघि पहिलो चरणको कार्यक्रम अन्तर्गत हङकङ नेपाली महासंघमा आवद्ध सदस्य संस्थाहरु लगायत अन्य संघसंस्थाहरुलाई निस्शुल्क मास्क वितरण गरेको थियोे ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १२:०२ मा प्रकाशित

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...