back

हङकङमा कोरोना भाईरस सम्बन्धि दोस्रो चरणको चेतनामूलक कार्यक्रम सम्पन्न

वि.सं.२०७६ फागुन १३ मंगलवार

483 

shares
GLOBAL IME AD
NTC AD

२५ फ्रेबुअरी । हङकङमा कोरोना भाईरस  (2019-nCoV)परिचय र रोकथाम सम्बन्धि जानकारी सहित निस्शुल्क सर्जिकल मास्क वितरणू दोश्रो चरणको सामुदायिक कार्यक्रम सम्पन्न भएको छ ।

हङकङ नेपाली महासंघ, सिएसटिएन र नेपाल क्लब हङकङको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा हङकङका नेपाली बालबालिका, युवायुवती र जेष्ठनागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो । सचेतनामूलक कार्यक्रममा कोरोना भाईरसको परिचय, यसको संक्रमण लक्षण एवं पहिचान, नियन्त्रण र रोकथामका उपायहरु बारे सम्बन्धि जानकारी दिनुको साथै यसबाट बच्न र बचाउन अपनाउनु पर्ने उपायहरुमा बिशेषत हातको सरसफाइ र मास्क लगाउने तरीका सम्बन्धमा डा लक्ष्मी रानाले बिस्तृत जानकारी दिएकी थिइन् ।

भाईरसको संक्रमण नियन्त्रण सहयोग पुग्ने अपेक्षा सहित आयोजना गरिएको कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै नेपाल क्लब हङकङकी अध्यक्ष तथा सिएसटिएन प्रोजेक्ट ईन्चार्ज रिता गुरुङ र हङकङ नेपाल महासंघका कार्यवाहक अध्यक्ष लोकराज लिम्बूले कार्यक्रमका बिशेष अतिथिहरु आयोजक संस्थाहरुसंग सम्बन्धित हङकङका नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुलाई कोरोना भाईरस सम्बन्धि हङकङ सरकारबाट प्रकाशित पुस्तक र सर्जिकल मास्क वितरण गराएका थिए । त्यसैगरी बिशेष अतिथिहरुबाट उपस्थित जनसमुदायलाई मास्क, टिस्यू पेपर सहित जानकारीयुक्त पोष्टर बुकलेट वितरण गरिएको थियो ।

यसअघि पहिलो चरणको कार्यक्रम अन्तर्गत हङकङ नेपाली महासंघमा आवद्ध सदस्य संस्थाहरु लगायत अन्य संघसंस्थाहरुलाई निस्शुल्क मास्क वितरण गरेको थियोे ।

वि.सं.२०७६ फागुन १३ मंगलवार १२:०२ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...