काठमाडौँ । अभिनेत्री आँचल शर्माले इन्गेजमेन्ट गरेकी छन् । उनले प्रेमी डा.उदिप श्रेष्ठसँग सोमबार इन्गेजमेन्ट गरेकी हुन् ।
शर्मा र श्रेष्ठ बिगत डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए । आँचलले उदिपसँगको प्रेम सम्बन्धलाई इन्स्टाग्राम पोस्ट मार्फत सार्वजनिक गरेकी थिइन् ।
उनीहरुको इन्टरकास्ट प्रेमलाई परिवारले स्वीकार गरेपछि दुई जनाबीच विवाह पक्का भएको हो । उनीहरुको यहि फागुन २९ गते विवाह हुने पक्का भएको छ ।

‘नाई नभन्नू ल ४’ बाट नेपाली चलचित्रमा डेब्यू गरेकी आँचलले पछिल्लो पटक हाँस्य चलचित्र ‘शत्रुगते’ मा समेत अभिनय गरेकी छन् ।
वि.सं.२०७६ फागुन १३ मंगलवार १२:०६ मा प्रकाशित



























