१४ फागुन, काठमाण्डौं । देशभरी परेको पश्चिमी वायूको प्रभावका कारण चिसो घट्ला भन्दा बढिरहेको छ ।
मंगलबार रातभरी वर्षा भएको थियो । साथै आज बुधबार पनि देशको पूर्वी तथा मध्य पश्चिमी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति पनि देशको मध्य भू–भागमा आशिंक बदली भई मध्य र पश्चिम तराईका एक दुई स्थानमा मेघ गर्जन\चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ ।
देशका मध्य तथा पुर्वी भू–भाग साथै पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाले खनुरोध गरेको छ ।
वि.सं.२०७६ फागुन १४ बुधवार ०८:४१ मा प्रकाशित





























