१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता रसंविधान संशोधनबारे छलफल हुने बताइएको छ। साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने सम्भावना छ ।
पछिल्लो समय एमसिसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र पार्टीभित्रबाटै दबाव आउन थालेपछि नेकपाले बैठकबाट उक्त विषय सम्बोधन गर्ने सम्भावना रहेको स्रोतले बताएको छ। बैठकमा एमसीसी र पछिल्लो समय नेकपाले बनाएको कार्यदलले दिएको सुझावका विषयमा अध्यक्षद्वयले आफ्नो धारणा राख्ने बताइएको छ।
९ फागुनमा एमसीसी अध्ययन कार्यदलले करिब २० दिन लगाएर गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन तयार पारेर बुझाएको थियो । कार्यदलको सो प्रतिवेदनबारे शीर्ष नेताहरुले आज आ आफ्नो प्रतिक्रिया दिनेछन् ।
वि.सं.२०७६ फागुन १४ बुधवार ११:०० मा प्रकाशित




























