एजेन्सी । बलिउडका चर्चित अभिनेता रणबीर कपूर र चर्चित अभिनेत्री आलिया भटको विवाहको चर्चा यतिबेला उचाइमा पुगेको छ ।
दुईवर्ष भन्दा बढि लामो समय प्रेमसम्बन्धमा रहेका रणबीर र आलियाको आगामी चलचित्र ‘ब्रह्मास्त्र’को प्रदर्शन पछि विवाह गर्ने कुरा बाहिरिएको हो । यस विषयमा भने दुवै बाट कुनै खबर नआएको बताइन्छ ।
एक भारतीय मिडियाका अनुसार उनीहरुको विवाह यहि वर्षको डिसेम्बरमा हुने पक्का भएको छ । विवाहको लागि दुवै पक्षका परिवार राजी भएपछि उनीहरुको विवाहको तयारी सुरु भएको र विवाहको लागि मिति र स्थान तय नभएको बताइन्छ ।
रणबिर र आलिया कहिले र काँहा विवाह गर्दैछन् भन्ने कुरा यतिबेला धेरैको चासोको विषय बनेको छ । उनीहरुले सँगै काम गरेको पहिलो चलचित्र ‘ब्रह्मास्त्र’ प्रदर्शनको तयारीमा रहेको छ । उक्त चलचित्रको प्रदर्शन पछि उनीहरुले विवाह गर्ने भारतीय मिडियाले जनाएको छ ।
वि.सं.२०७६ फागुन १४ बुधवार १२:५४ मा प्रकाशित





























