back
CTIZAN AD

रोल्पाका महिला आङखस्ने रोगबाट पीडित

वि.सं.२०७३ मंसिर २९ बुधवार

918 

shares

 २९ मङ्सिर, रोल्पा। रोल्पामा आङ खस्ने रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका महिलामध्ये अधिकांशमा सो समस्या देखिएको हो ।

अघिल्लो आवमा सो सङ्ख्या ५८ रहेकोमा गत आवमा एकसय आठ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । तीमध्ये २२ जनालाई जटिल शल्यक्रिया गर्नु परेका कारण जिल्लाबाहिर सिफारिस गरिएको थापाले बताउनुभयो ।

चालु आवमा गरिएको एक घुम्ती शिविरमा ५३ जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो, जसमध्ये आठजनालाई भेरी अञ्चल अस्पताल, नेपालगन्ज र राप्ती उपक्षेत्रीय अस्पताल, दाङ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । अधिकांश महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या देखिएको बताइएको छ ।

सानै उमेरमा विवाह गर्नु, सुत्केरी अवस्थामा गह्रौँ भारी भोक्नु तथा आवश्यक मात्रामा आराम र पोषणयुक्त खानाको उपलब्धता नभएका कारण यो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले बताउनुभयो । पछिल्ला दिनमा जनचेतनामा आएको परिवर्तन, पारिवारिक सहयोग तथा बिरामी आफैँ जागरुक भएका कारण यो रोगका बिरामी बढी देखिएको थापाले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर २९ बुधवार १०:२१ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...