१८ फागुन, काठमाडौँ । केहि समय देखि निरन्तर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य आज घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज शुक्रबार सुनको मूल्य ५ सयले घटेको हो ।
बिहिबार छापावाला सुन ७९ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज शुक्रबार ५ सयले घटेर तोलामा ७९ हजार २ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ७८ हजार ९ सय पुगेको छ ।
शुक्रबारको बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । बिहिबार ९ सय ५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैँयाले घटेर ८ सय ८० रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
वि.सं.२०७६ फागुन १६ शुक्रवार ११:०० मा प्रकाशित