१५ फागुन, काठमाण्डौ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना उपसमितिहरुमा समेट्ने काममा तीब्रता दिएको छ । संघ अन्तर्गतका ५ वटा समिति पुन : विस्तार गरिएको संघले जनाएको छ ।
संघको संरचनामा प्रस्तावित समिति मध्ये १७ वटाले पूर्णता पाएको जनाएको छ । बाँकी समितिहरुमा समेट्न छुटेका सम्बन्धीत क्षेत्रमा विज्ञ र अनुभवि व्यक्तिलाई राखिदै जाने बताइएको छ ।
एनआरएनएका अनुसार भौतिक पूर्वाधार तथा विकास समितिमा नेपालका अमन कुमारले मास्केले अध्यक्षता गर्ने भएका छन् भने यसको सहअध्यक्षमा अष्ट्रेलियाका ज्ञानेन्द्र ढुंगाना तथा सदस्यहरुमा जापानका गोविन्द श्रेष्ठ, नेपालबाट विवेक सिग्देल, मनोज ज्ञवाली, बेलायतका राजकुमार त्रिपाठी, अमेरिकाकी संगिता मल्ल र बेलायतका शैलेन्द्र श्रेष्ठ रहेका छन् ।
नेपाली उत्पादन समुन्द्रपार प्रवद्र्धन समितिमा बेल्जीयमका शीव कुमार बरुवाल अध्यक्ष रहेका छन् भने उपाध्यक्षहरुमा कंगोका ढक बहादुर क्षेत्री, अमेरिकाका सुमन वस्ति, हङकङका प्रकाश पुन, स्पेनका मुक्त गुरुङ, कतारका पुर्ण बहादुर पोखरिया न्युजिल्याण्डका लोकनाथ पौडेल रहेका छन् ।
यसैगरी सो समितिको सदस्यमा मलेसियाका विश्व विक्रम राई, जापानका दाडीवाल खड्का, डेनमार्कका दीपक सापकोटा, बेलायतका दिनेश घिमीरे, स्पेनका दिनेश गुरुङ, लक्जम्वर्गका हरिबहादुर खत्री, अष्ट्रेलियाका कुशल केसी, कोरियाका ओम नारायण जुग्जाली, अमेरिका रामबाबु पाण्डे, कतारका शंकर न्यौपाने, अमेरिकाकी सुनिता खत्री, बेलायतका सुरोज मास्के, पोर्चुगलका सुर्य हमाल र अमेरिकमाका सुर्यप्रसाद शर्मा रहेका छन् । सो समितिले एक सल्लाहकार टिम पनि गठन गरेको छ । जस अनुसार नेपालका शरद विक्रम राणा र सुरेन्द्र भाइ शाक्य तथा बेल्जियमका रविन्द्रमान श्रेष्ठ रहेका छन् ।
संघको सामाजिक उद्यमशीलता समितिमा डेनमार्कबाट लोकराज शर्मा अध्यक्ष रहेका छन् भने सहअध्यक्षमा युगाण्डाका प्रमोद शर्मा, अमेरिकाका वासुदेव खनाल, हङकङका कृष्ण पाण्डे, जर्मनीका नवराज रोस्यारा, कतारका हंशराज ढकाल, अष्ट्रेलियाका तोयानाथ अर्याल रहेका छन् । यसैगरी सदस्यहरुमा अब्दुल बसिह (कतार) बसन्त न्यौपाने (आयरल्याण्ड) बानु शिवाकोटी क्यानडा), दिनेश उप्रेती (बेल्जियम) , पशुपति पोखरेल (बेलायत) रविन्द्र आचार्य (क्यानडा), रमेश पौडेल (स्पेन), रामराज ओली (न्युजिल्याण्ड), रोहित खड्का (अष्ट्रेलिया), श्याम पाठक (युएई), सुजन केसी (कुवेत), सुजन खनाल (अमेरिका) र टेक बहादुर मगर (अष्ट्रेलिया) रहेका छन् । साथै सो समितिको सल्लाहकारमा नेल्स पिटर (फ्रान्स), जेम्स माइकल (बेलायत), महाविर पुन र शंभु पोखरेल नेपाल रहेको बताइएको छ ।
मुख्य समितिका रुपमा रहेको नेपाल भ्रमण वर्ष २०२० को अध्यक्षमा भवन भट्ट (जापान) लाई नै दिइएको छ । पर्यटनमन्त्री योगेश भट्टराई संरक्षक रहेको सो समितिको सल्लाहकारमा डा. गणेश गुरुङ, दीपकराज जोशी, विश्वम्भर घिमीरे र अर्जुन श्रेष्ठ रहेका छन् भने यसमा ग्लोबल क्याम्पेन कोअर्डिनेटर (विश्व अभियान संयोजक) पद बनाई मन केसी (नेपाल फेस्टिवल), भोमा देवी लिम्बु (मिस नेपाल एनआरएनए), गौरी जोशी (तीन साथी घर पठाउ), पुष्कर शाह (साइकल ¥याली), विजय पोखरेल (बुद्ध नेपाल अभियान), किस्मत भण्डारी (अतिथिदेवो भव), मनोज गोर्खाली (खेलकुद), एशी शेर्पा (एभरेष्ट डे), हेमन्त काफ्ले (मिडिया), प्रकाश पौडेल माइला (साहित्य), दिपेन्द्रमान शाक्य ( दीगो पर्यटन प्रवद्र्धन), महेन्द्र चौलागाईँ (मध्यपूर्व व्यवसायिक संयोजक) लाई जिम्मेवारी दिइएको छ ।
यसैगरी सोहि समितिको क्षेत्रिय संयोजकका रुपमा एकराज गिरी (स्पेन), अभिमन्यू बस्नेत (क्यानडा), ओम गुरुङ (जापान), सुनिल कार्की (अफ्रिका), रमेश भट्ट (मध्यपूर्व) तथा विश्व संयोजनका लागि माल्टामा सोमनाथ सापकोटालाई जिम्मेवारी दिइएको छ ।
नेपालका राजेश राना सदस्य सचिव तथा सवै एनसीसी सभापतिलाई फोकल पर्सन भनिएको सो समितिमा विश्व किरण थापा (अमेरिका), बाचस्पति रेग्मी (बेलायत) बेदराम कंडेल (नेदरल्याण्ड) भरत थापा (अमेरिका), दुर्गा प्याकुरेल (कतार), गोपाल भण्डारी (क्यानडा), लक्ष्मण गौतम, बुद्धिसागर वाट्य (क्यानडा), रमेश पौडेल (अष्ट्रेलिया), रामकृष्ण पुडासैनी (स्पेन), सावित्री सापकोटा (अमेरिका), सुवास मल्ल (साइप्रस), टक बहादुर रुवाली (अमेरिका) र टंक प्रसाद गैरे (जापान) रहेका छन् ।
यसैगरी एआरएनएको व्यापार तथा लगानी प्रवद्र्धन समितिको अध्यक्षमा उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ रहेका छन् भने सहअध्यक्षमा राजमणि भण्डारी (युगाण्डा), दुर्गा प्रसाद श्रेष्ठ (अमेरिका), रोहित अग्रवाल (चीन), कृष्ण प्रसाद तिमिल्सेना (बेलायत), कुमार कार्की (युएई), डिला खरेल (अष्ट्रेलिया) रहेका छन् । यसैगरी समितिको सदस्यहरुमा हेमन्त सेढाई (बेलायत), ईश्वर राज पौडेल (कतार), केशर राज गिरी (जापान), कृष्ण तिवारी (बेलायत), एलएन पाण्डे (बेलायत), मुनेश कंडेल (अमेरिका), नारायण पुरी (अमेरिका), श्री पाण्डे (नेदरल्याण्ड) र टिका सुवेदी (अष्ट्रेलिया) रहेका छन् ।
यसैगरी पर्यटन प्रवद्र्धन नेपाल समितिको छुट्टै संरचना बनाई उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठलाई तोकिएको छ । डा. धनन्जय रेग्मी, सुरज बैद्य, टेक बादुर महत र चन्द्र रिजाल (नेपाल) तथा सोम सापकोटा (माल्टा), सल्लाहकार बनाएको सो समितिको सहअध्यक्षमा विनोद थापा (युगाण्डा), प्रदीप श्रेष्ठ (अमेरिका),केपी सिटौला (दक्षिण कोरिया), शुक्रराज न्यौपाने (आयरल्याण्ड), निर्मल कुमार पोखरेल (युएई) र कुशल केसी (अष्ट्रेलिया) रहेका छन् ।
यसैगरी सोहि समितिको सदस्यहरुमा अंजनीराज भट्टराई (क्यानडा), अनुज थापा (जापान), अशोक शर्मा (डेनमार्क), विशेश्वर रेग्मी (जापान), दिनेश आचार्य (क्यानडा), गणेश प्रसाई (आयरल्याण्ड), केशवराज लामिछाने (अमेरिका), कृष्ण पराजुली (अमेरिका), मिलन घिमीरे (थाइल्याण्ड), निर्मल श्रेष्ठ (हङकङ), पशुपति भण्डारी (बेलायत), रोशन पाठक (स्पेन), सजित विष्ट (अष्ट्रेलिया) र तुल्सी पौडेल (दक्षिण कोरिया) रहेका छन् ।
एनआरएनएले बनाएका यी समितिहरुमा सकेसम्म सम्बन्धीत क्षेत्रको ज्ञान अनुभव समेट्ने प्रयास गरेको बताइए पनि मिश्रित प्रतिक्रियाहरु देखा परेका छन् ।
वि.सं.२०७६ फागुन १६ शुक्रवार ११:०७ मा प्रकाशित






























