back
CTIZAN AD

नेपाली कांग्रेसले तोक्यो १३ विभागका प्रमुखहरु, को-को चयन भए त हेर्नुहोस् नामावली ?

वि.सं.२०७६ फागुन १८ आइतवार

756 

shares

१८ फाुगन, काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीका १३ विभागका प्रमुखहरु तोकेको छ ।  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शनिबार यी १३ केन्द्रीय विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।

जसमा गोपालमान श्रेष्ठ संगठन विभाग, रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुर मुस्लिम विभाग, अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग, महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग प्रमुख तोकिएका छन् ।

त्यसैगरी अन्य विभागका प्रमुखहरुमा शंकर भण्डारी तरुण विभाग, सीता गुरुङ आदिवासी जनजाति विभाग, गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग,चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग, शिवप्रसाद हुमागाँइ श्रमिक तथा टे«ड युनियन विभाग रहेका छन् ।

त्यस्तै सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा),सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गरेका छन् ।

यी विभागका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो पक्षको नाम दिन भनिए पनि उनले नदिएपछि देउवाले विभाग प्रमुखहरु तोकेका हुन् । देउवाले एकलौटी रुपमा संगठन विभागहरुका प्रमुख तोकेको भन्दै पार्टीभित्रकै केही नेताहरुले देउवाको यस्तो कार्यशैलीको विरोध समेत गरेको पाइएको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १०:०१ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...