
१८ फाुगन, काठमाण्डौ । नेपाली कांग्रेसले पार्टीका १३ विभागका प्रमुखहरु तोकेको छ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले शनिबार यी १३ केन्द्रीय विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।
जसमा गोपालमान श्रेष्ठ संगठन विभाग, रमेश रिजाल संघीय मामिला तथा प्रदेश समन्वय विभाग, फरमूल्लाह मन्सुर मुस्लिम विभाग, अर्जुनप्रसाद जोशी स्थानीय तह समन्वय विभाग, आनन्दप्रसाद ढुंगाना वित्तिय तथा सहकारी संस्था समन्वय विभाग, अजयकुमार चौरसिया तराई–मधेश समन्वय विभाग, महेन्द्र यादव यातायात व्यवसायी समन्वय विभाग प्रमुख तोकिएका छन् ।
त्यसैगरी अन्य विभागका प्रमुखहरुमा शंकर भण्डारी तरुण विभाग, सीता गुरुङ आदिवासी जनजाति विभाग, गोविन्द भट्टराई नेपाली जनसम्पर्क समिति समन्वय विभाग,चिनकाजी श्रेष्ठ उद्योग व्यापार विभाग, विश्वप्रकाश शर्मा (प्रवक्ता) सूचना, संचार तथा प्रचार विभाग, शिवप्रसाद हुमागाँइ श्रमिक तथा टे«ड युनियन विभाग रहेका छन् ।
त्यस्तै सभापति देउवाले केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा कृष्ण किशोर घिमिरे (दाङ), गोपालकुमार बस्नेत (झापा),सुधीरकुमार शिवाकोटी (झापा), मनोहर नारायण श्रेष्ठ (धनकुटा) र धु्रव वाग्ले (तनहुँ) लाई मनोनयन गरेका छन् ।
यी विभागका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो पक्षको नाम दिन भनिए पनि उनले नदिएपछि देउवाले विभाग प्रमुखहरु तोकेका हुन् । देउवाले एकलौटी रुपमा संगठन विभागहरुका प्रमुख तोकेको भन्दै पार्टीभित्रकै केही नेताहरुले देउवाको यस्तो कार्यशैलीको विरोध समेत गरेको पाइएको छ ।
वि.सं.२०७६ फागुन १८ आइतवार १०:०१ मा प्रकाशित