१८ फागुन, काठमाण्डौं । चीनको वुहानबाट सुरु भएर हालसम्म ६४ देशमा फैलिइसकेको कोरोना भाइरस संक्रमण कतारका एक नागरिकमा पनि देखिएको छ ।
कतारको स्वास्थ्य मन्त्रालयबाट २९ फेब्रअरीमा जारी हेल्थ एडभाइजरी अनुसार हालै इरानबाट उद्धार गरी ल्याइएका कतारी नागरिकहरुमध्ये एक ३६ वर्षीय कतारी नागरिकलाई कोरोना भाइरस (ऋयखष्म(ज्ञढ० बाट संक्रमित भएको पृष्टि भएको हो ।
कोरोना भाइरस संक्रमण भएपछि उक्त जहाजमा इरानबाट कतार आएका सबै यात्रुलाई क्वारेन्टाइनमा राखिएको छ ।
यसै विषयमा सजग गराँउँदै नेपाली दूतावास कतारले कतारमा रहेका नेपालीलाई पुन : सजगता अपनाउन आग्रह गरेको छ । फाइल फोटो

वि.सं.२०७६ फागुन १८ आइतवार १४:०१ मा प्रकाशित






























