back

यसकारण हतारिए प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि !

वि.सं.२०७६ फागुन १८ आइतवार

504 

shares
GLOBAL IME AD
NTC AD

१८ फागुन, काठमाण्डौ । आइतबारको सचिवालय बैठकले नेकपाको विवाद समाधानको लागि पहल गर्ने चर्चा गरिएपनि यसबारे कुनै कुराकानी नै भएन ।

बैठकको शुरुवातमै ओलीले बुधबार मृगौला प्रत्यारोपणको तयारी गरेको जानकारी गराएका थिए । मृगौला प्रत्यारोपणको लागि डाक्टरहरुले ढिलो नगर्न सुझाव दिएकोले सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना हुने तयारी गरेको ओलीले जानकारी गराएका थिए ।

ओलीले पार्टीभित्रको विवादबारे पछि छलफल गरौला भनेर अहिले आफूलाई आराम गर्न दिनुस् भनेपछि सचिवालयका नेताहरु उनको स्वास्थ्यलाभको कामना गर्दै बालुवाटारबाट बाहिरिएका थिए ।

मिर्गौला प्रत्यारोपणका लागि ओली लामो समय आराम गर्नुपर्ने भएकोले नेकपामा पछिल्लो समय देखिएको विवाद अनिश्चित कालको लागि लम्बिने देखिएको छ ।

मिर्गौला प्रत्यारोपणको लागि किन हतारिए अध्यक्ष ओली ?
ओलीको १३ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोडेपछि उनले नियमित डायलासिस गराउँदै आएका थिए । प्रधानमन्त्री ओली दोश्रो पटकको मिर्गौला प्रत्यारोपणपछि १० वर्ष स्वस्थ रहने दाबी चिकित्सकहरुले गरेका छन् ।

नेकपामा पछिल्लो समय अल्पमतमा परेका भनिएका ओलीले अचानक मिर्गौला प्रत्यारोपण गर्न भन्दै सचिवालय बैठकमा जानकारी गराएपछि यसलाई लिएर बिभिन्न टिकाटिप्पणी शुरु भएको छ । केहीले ओलीले पछिल्लो राजनीतिक समस्या टार्नकै लागि मिर्गौला प्रत्यारोपणको बाहनामा अस्पतालबाटै सरकार चलाउने तयारी गरेको आरोप पनि लगाएका छन् ।

आजको सचिवालय बैठमा ओलीइतरका नेताहरुले गत १४ फागुनको बैठकले गरेको निर्णय कार्यन्वयन गर्न ओलीलाई दवाव दिने तयारी गरेका थिए । तर ओलीले स्वस्थ्यको कारण देखाउँदै अन्य विषयमा छलफलको लागि तयार नभएपछि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने सचिवालय निर्णय अलपत्र पर्ने देखिएको छ । ओलीले यसअघि नै गौतमलाई राष्ट्रियसभामा नपठाउने बताइसकेका थिए ।

साथै अबका दिनमा ओलीले अस्पतालमै मन्त्रिपरिषद् बैठक डाकेर आफू अनुकुल निर्णय गर्दै अगाडि बढ्ने खतरा देखिएको पनि विश्लेषण गरिएको छ । ओली अनुकुल निर्णयको अर्थ उनले हाल अर्थमन्त्री रहेकमा युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनित गर्ने या उनलाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्ने सम्भावना देखिन्छ । नेकपामा हाल खतिवडालाई विदाई गर्ने र गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा चर्को मतभेद रहँदै आएको छ ।

त्यसो त ओलीले आफूइतरका शक्तिहरु सरकार ढाल्ने अन्तिम तयारीमा रहेको आरोप लगाउँदै आएका छन् । सचिवालयदेखि संसद् र केन्द्रीय कमिटीमा पनि अल्पमतमा रहेका ओलीले तत्काल सरकार ढाल्नबाट बचाउन पनि तत्कालै मिर्गौला प्रत्यारोपणको प्रक्रिया थालनी गर्ने तयारी गरेको विश्लेषण समेत एकपक्षले गरेको छ । यदि ओलीले भनेजस्तै अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ट नेताद्धय झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष गौतम मिलेर सरकार परिवर्तन गर्ने तयारीमा लागेको भए पनि त्यो काम अहिलेको लागि स्थगित हुने देखिएको छ ।

पार्टी अध्यक्ष तथा उपचारमा लागेको बेला सरकार ढाल्न ओलीइतरका शक्तिलाई नैतिकताले पनि दिंदैन । यी सबै परिवेश बुझेर नै ओलीले मिर्गौला प्रत्यारोपणको वाहानामा तत्काल अस्पताल भर्ना भएर अस्पतालबाट सरकार चलाउने रणनीति लिएको स्रोतको दाबी छ ।

आइतबारको सचिवालय बैठकमा ओली अस्पताल रहँदा सरकारको जिम्मेवारी कस्ले संहाल्ने भन्नेबारेमा पनि कुनै छलफल भएको छैन । यसको अर्थ आलीले आफूले चाहेको व्यक्तिलाई नै सरकारको कार्यबाहक जिम्मेवारी दिने तयारी गरेको बुझ्न सकिन्छ । सरकार ढाल्न खोजिएकोमा रुष्ट बनेका ओलीले सरकारसम्बन्धी निर्णयमा पार्टीसँग छलफल नै नगरी अगाडि बढ्ने मनसाय लिएको यो घटनाबाट पुष्टि हुन्छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १४:३५ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

भारतीय सुरक्षाकर्मीसँगको मुठभेडमा २६ नक्सलवादीको मृत्यु

रायपुर । भारतको छत्तीसगढ राज्यको नारायणपुर जिल्लामा सुरक्षा बलसँगको मुठभेडमा...

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

तरूण अधिवेशनमा खुकुरी हान्नेविरुद्ध जाहेरी दर्ता

काठमाडौँ । तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी...

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

निःशुल्क चामलमा गल्ती भएको भन्दै जापानी कृषिमन्त्रीले दिए राजीनामा

टोकियो । चामलको बढ्दो मूल्यको सामना गरिरहेको जापानमा चामलका बारेमा...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

सात पालिकाद्वारा चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग

चितवन । चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ ।...