back

बच्चा बोकेकी हेमालाई लाठी हान्ने इन्स्पेक्टरको जिम्मेवारी खोसियो

वि.सं.२०७६ फागुन १८ आइतवार

600 

shares
GLOBAL IME AD
NTC AD

१८ फागुन, काठमाडौं । भैंसेपाटीमा रहेको नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घर घेर्ने क्रममा बच्चा बोकेकी हेमा श्रेष्ठलाई जथाभावी लाठी हान्ने प्रहरी निरीक्षक (इन्सपेक्टर)को जिम्मेवारी खोसिएको छ । सानो बच्चालाई काखमा च्यापेर भागिरहेकी हेमालाई प्रहरीले पछाडिबाट अन्धाधुन्ध लाठी बर्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस भिडियोमा लाठी हानिरहेको अवस्थामा देखिएका इन्सपेक्टर देवीप्रसाद पौडेलको जिम्मेवारी खोसिएको हो ।

पौडेल महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वमा कार्यरत थिए । उनलाई नेतृत्वबाट हटाएर सट्टामा नयाँ इन्स्पेक्टर पठाइएको जनाइएको छ ।

भिडियो भाइरल भएपछि प्रहरीको चर्को आलोचना भएको थियो । त्यसलगत्तै प्रहरीले छानबिन थालेको बताएको थियो । जिम्मेवारीबाट हटाइएका पौडेलको सट्टामा प्रहरी निरीक्षक सुजित ओझालाई जिम्मेवारी दिइएको हो ।

माला साहले आफू पूर्व जर्नेल हेम खत्रीकी श्रीमती भएको दाबी गर्दै आएकी छिन् । मालाले हाफूलाई खत्रीले बेवास्था गरेको भन्दै महिला आयोगमा उजुरी दिएकी थिइन् । माला साह आफै महिला अधिकारकर्मीको सहयोगमा विहीबार हेम खत्रीको घर घेराउ गर्न पुगेकी थिइन् ।

सोही महिला अधिकारकर्मीको समूहमा आफ्नो बच्चासहित उपस्थित हेमा श्रेष्ठलाई घटनास्थलमा पुगेको महानगरीय प्रहरी प्रभाग बुङमतिको टोलीले पछाडिबाट लाठी चार्ज गरेको थियो ।

वि.सं.२०७६ फागुन १८ आइतवार १५:१३ मा प्रकाशित

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

भविष्यका चुनौतीहरूको सामना गर्न शान्तिरक्षा सञ्चालनलाई सुदृढ पार्न गुटेरेसको आह्वान

बर्लिन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले समकालीन र भविष्यका...

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

नेसपाले ‘प्रशंसा अभियान’लाई चुस्त बनाउने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले प्रशिक्षण, सङ्गठन विस्तार...

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

यौनजन्य क्रियाकलापमा लगाउने तीन जना पक्राउ

कास्की । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार...

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध,...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१...