back
CTIZAN AD

बच्चा बोकेकी हेमालाई लाठी हान्ने इन्स्पेक्टरको जिम्मेवारी खोसियो

वि.सं.२०७६ फागुन १८ आइतवार

1K 

shares

१८ फागुन, काठमाडौं । भैंसेपाटीमा रहेको नेपाली सेनाका पूर्व जर्नेल हेम खत्रीको घर घेर्ने क्रममा बच्चा बोकेकी हेमा श्रेष्ठलाई जथाभावी लाठी हान्ने प्रहरी निरीक्षक (इन्सपेक्टर)को जिम्मेवारी खोसिएको छ । सानो बच्चालाई काखमा च्यापेर भागिरहेकी हेमालाई प्रहरीले पछाडिबाट अन्धाधुन्ध लाठी बर्साइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस भिडियोमा लाठी हानिरहेको अवस्थामा देखिएका इन्सपेक्टर देवीप्रसाद पौडेलको जिम्मेवारी खोसिएको हो ।

पौडेल महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको नेतृत्वमा कार्यरत थिए । उनलाई नेतृत्वबाट हटाएर सट्टामा नयाँ इन्स्पेक्टर पठाइएको जनाइएको छ ।

भिडियो भाइरल भएपछि प्रहरीको चर्को आलोचना भएको थियो । त्यसलगत्तै प्रहरीले छानबिन थालेको बताएको थियो । जिम्मेवारीबाट हटाइएका पौडेलको सट्टामा प्रहरी निरीक्षक सुजित ओझालाई जिम्मेवारी दिइएको हो ।

माला साहले आफू पूर्व जर्नेल हेम खत्रीकी श्रीमती भएको दाबी गर्दै आएकी छिन् । मालाले हाफूलाई खत्रीले बेवास्था गरेको भन्दै महिला आयोगमा उजुरी दिएकी थिइन् । माला साह आफै महिला अधिकारकर्मीको सहयोगमा विहीबार हेम खत्रीको घर घेराउ गर्न पुगेकी थिइन् ।

सोही महिला अधिकारकर्मीको समूहमा आफ्नो बच्चासहित उपस्थित हेमा श्रेष्ठलाई घटनास्थलमा पुगेको महानगरीय प्रहरी प्रभाग बुङमतिको टोलीले पछाडिबाट लाठी चार्ज गरेको थियो ।

वि.सं.२०७६ फागुन १८ आइतवार १५:१३ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...