
१९ फागुन, काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सल्यक्रिया सफलताको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने कुरा सार्वजनिक भएपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक संजाल ट्विटमार्फत् शल्यक्रिया सफलताको शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री मोदीले ट्विट गर्दै भनेका छन् ‘मेरा प्रिय साथी केपी ओली जी, तपाईको सफल शल्यक्रिया र शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’
उनले भगवान पशुपति नाथले राम्रो स्वास्थ्य र दीर्घ जीवन प्रदान गरुन् भन्दै नेपाल–भारतवीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन ओलीको महत्वपूर्ण योगदानको प्रतिक्षामा आफू रहेको समेत बताएका छन् ।
१२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि यसअघि चैतमा गर्ने भनिएको मिर्गौला प्रत्यारोपण बुधबार गरिने बताइएको छ । ओलीलाई नातिनी पर्नेले मिर्गौला दिने बताइएको छ । फाइल : फोटो
My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy recovery. May Lord Pashupatinath bless you always with good health, happiness and a very long life. Look forward to your continued contribution to taking India-Nepal relations to new heights.
— Narendra Modi (@narendramodi) March 2, 2020
वि.सं.२०७६ फागुन १९ सोमवार ११:२९ मा प्रकाशित