back
CTIZAN AD

झापामा वनस्पति प्रशोधन केन्द्र

वि.सं.२०७६ फागुन १९ सोमवार

786 

shares

१९ फागुन, झापा । झापाको मेचीनगर नगरपालिका–८ स्थित राजकामतमा रु एक करोड ३२ लाखको लागतमा बनस्पति प्रशोधन केन्द्र बन्न शुरु भएको छ ।

महेन्द्रद्वार सहकारी संस्थाले आठ कट्ठा जग्गा खरिद गरेर प्रदेश नं। १ सरकारको रु ७५ लाख अनुदानमा बन्न लागेको सो प्रशोधन केन्द्रको शिलान्यास भइसकेको संस्थाका अध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार जिल्लामै पहिलोपटक संस्थाले तेजपत्ता प्रवद्र्धन तथा औषधिजन्य वनस्पति प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन लागेको हो । संस्थाले रु ५७ लाख लगानी गरेर ट्रस्टको छानोसहित चार मेशिन, दुई टहरा र कार्यालयका लागि दुई वटा कोठा निर्माण गर्न लागेको छ ।

संस्थाका सञ्चालक समिति सदस्य तथा जडीबुटी प्रशोधन केन्द्र उपसमिति संयोजक कुन्दन निरौलाले चालु आर्थिक वर्षभित्रमै प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनका लागि तीव्रकार्य भइरहेको बताए।

यसैगरी बहुमूल्य नगदे बाली अलैंचीसम्बन्धी सबैखाले जानकारी सहज ढङ्गले उपलब्ध गराउन सक्ने गरी झापाको विर्तामोडमा अलैँची सूचना तथा अनुसन्धान केन्द्रको भवन निर्माण भइरहेको छ । अलैंची व्यवसायीकै आर्थिक सहयोगमा विर्तामोड–७ को हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जग्गामा सो केन्द्र निर्माण भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव सुभास भट्टराईले बताए ।

भवन निर्माणका लागि हालसम्म व्यवसायीबाटै आर्थिक सहयोग लिइएको बताउँदै उनले व्यवस्थित र प्रविधि सम्पन्न सूचना केन्द्र सञ्चालनका लागि कृषि मन्त्रालयले पनि चासो दिएको जानकारी दिए। मन्त्रालयले सो भवनलाई अलैँचीको अनुसन्धान केन्द्रका रुपमा विकास गर्नसमेत सुझाव दिएको र त्यसका लागि सहयोग गर्ने आश्वासन आफूहरुले पाएको महासचिव भट्टराईले बताए । सो भवनको लागत स्टिमेट रु दुई करोड रहेको छ । (रासस)

वि.सं.२०७६ फागुन १९ सोमवार ११:०८ मा प्रकाशित

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

सगरमाथा नेपाल र नेपालीको पहिचानः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सगरमाथा केवल हिमाल...

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइँदै

मोरङ । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको...