back
CTIZAN AD

पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि गरियो कोरोना संक्रमणको परीक्षण

वि.सं.२०७६ फागुन १९ सोमवार

744 

shares

१९ फागुन, काठमाण्डौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कोरोना भाइरस संक्रमण भए÷नभएको परीक्षण गरिएको छ ।

आइतबार दिल्लीबाट नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कोरोना परीक्षण गरिएको हो ।

अन्तराष्ट्रिय विमानस्थलमा रहेका स्वास्थ्यका कर्मचारीले पहिले पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमल शाहलाई शरीरको तापक्रमको जाँच गरिएको हो । विमानस्थलबाट बाहिर निस्कन लागेका शाहलाई स्वास्थ्यका कर्मचारीले बोलाएरै शरीरको तापमान परीक्षण गर्नका लागि अनुरोध गर्दा शाहले मुसुक्का मुस्कुराउँदै परीक्षण गराएका थिए ।

पूर्वरानी कोमल शाहको जन्मदिनको अवसर पारेर दुई साता अघि भारत भ्रमणमा गएका शाहको परिवार आइतबार फर्किएको हो ।

विश्वका ६४ देशमा कोरोनाको संक्रमण फैलिएपछि नेपालमा पनि त्यसको रोकथामका लागि रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय कमिटि गठन गरिएको छ । साथै त्रिभुवन विमानस्थलबाट आउने जाने प्रत्येक यात्रुको स्वस्थ्य परीक्षण गरिने छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार १२:५५ मा प्रकाशित

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...