back
CTIZAN AD

महासचिव मैनालीको स्वास्थ्यमा सुधार हुँदै

वि.सं.२०७६ फागुन १९ सोमवार

828 

shares

१९ फागुन, काठमाण्डौं । नेकपा (माले) का महासचिव सिपी मैनालीको स्वास्थ्यमा सुधार हुँदै गइरहेको मालेले जनाएको छ ।
फागुन १५ गते सडक दुर्घटनामा परेर सख्त घाईते भएका महासचिव मैनालीको धापासीस्थित ग्राण्डी इन्टरनेशन अस्पतालमा उपचार भइरहेको छ ।

‘ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचाररत नेकपा (माले) का महासचिव क. सीपी मैनालीको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार सन्तोषजनक र सुधार हुँदै आएको जानकारी सार्वजनिक गर्दछौं ।’ मालेका प्रवक्ता कुमार वेल्वासेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ पूर्ण विज्ञप्ति
प्रेस–वक्तव्य

यहि २०७६ फागुन, १५ गते सडक दुर्घटनामा परेर सख्त घाईते भई काठमाण्डौको ग्राण्डी इण्टरनेशनल हस्पिटलमा उपचाररत नेकपा (माले) का महासचिव क.सीपी मैनालीकको उपचारमा संलग्न चिीत्सकहरुका अनुसार संतोषजनक सुधार हुँदै आएको जानकारी सार्वजनिक गर्दछौं ।

महासचिव क.सीपी मैनालीलाई भेटेरै स्वास्थ्य स्थितिबारे जानकारी लिन र शीघ्र स्वास्थ्यलाभको कामना गर्न सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थमन्त्री भानुभक्त ढकाल, पूर्वप्रधानमन्त्री डा.बावुुराम भट्टराई, नेपाली कांग्रेसका उपसभापति श्री रामचन्द्र पौडेल, नेकपा (मसाल) का महामन्त्री क.मोहनबिक्रम सिंह, राजमोका अध्यक्ष क.चित्र बहादुर केसी, देशभक्त जनगणतान्त्रीक मोर्चाका अध्यक्ष क.सीपी गजुरेल, सत्तापक्षका सचेतक क.देव गुरुङ्ग, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेपाली काँग्रेस (वीपी) का अध्यक्ष हरिवोल भट्टराई, पूर्वमन्त्रीहरु श्री हिसिला यमी, श्री शशी श्रैष्ठ, श्री देविप्रसाद ओझा, र श्री एकनाथ ढकाल, प्रज्ञा प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेती, नेपाल स्थित प्रजग कोरीयाका महामहिम राजदूत जो योङ्ग मान, विधायक आईपी खरेल, नेपाल पत्रकार महासंघका सभापति श्री मञ्जुरत्न शाक्य लगायतका महानुभावहरु हस्पिटल पुग्नुभएको थियो । हामी नेकपा (माले) तथा महासचिव क.सीपी मैनालीको तर्फबाट वहाँहरु सहित विभिन्न सञ्चार माध्यम मार्फत उक्त दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै शीघ्र स्वास्थयलाभको कामना गर्ने समस्त महानुभावहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

नेकपा (माले) को सिङ्गो पार्टीपङ्ति श्रद्घेय महासचिव क.सीपी मैनालीको स्वास्थ्यप्रति अत्यन्त चिन्तित छ तथा वहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

मिति : २०७६ फागुन, १९ गते
कुमार बेलबासे प्रवक्ता
नेकपा (माले)

मालेका महासचिव मैनालीको दुर्घटना नियोजित ! मालेले गर्यो छानविनको माग

वि.सं.२०७६ फागुन १९ सोमवार १४:२० मा प्रकाशित

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

देशैभरी मनसुन सक्रिय, आज यी स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

आज विश्व आदिवासी मनाइदै, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

नेत्रज्योति सङ्घलाई ‘पब्लिक हेल्थ अवार्ड’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एशिया क्षेत्रीय...