back
CTIZAN AD

एकै गाउँका ५० भन्दा बढी बिरामी !

वि.सं.२०७६ फागुन २० मंगलवार

750 

shares

२० फागुन, डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, को करेलीकाँडमा एकै पटक ५० जना भन्दा बढी स्थानीय बिरामी भएका छन् ।

केही दिन यता रुघाखोकी, ज्वरो आउने, टाउँको दुख्ने, हातखुट्टा दुख्ने लक्षणका बिरामी गाउँमा रहेका छन् । बालबालिका, महिला जेष्ठ नागरिक तथा अरु उमेर समूहका सर्वसाधारण पनि यो लक्षणका कारण समस्यामा परेका छन् । केही दिन यता बिरामीको संख्या बढ्दै गएपछि स्थानीय आत्तिएका छन् ।

बिरामी हुने क्रम र विरामी हुने सर्वसाधारणको संख्या बढ्दै गएपछि स्वास्थ्यकर्मी पुगेका छन् । बिरामीको भर्खर उपचार सुरु भएको लेखनाथ आधारभुत विद्यालयका शिक्षक लक्ष्यबहादुर सुनारले जानकारी दिए । बिरामीको उपचारका लागि स्वास्थ्यकर्मी, स्थानीय विद्यालयमा कार्यरत शिक्षक लागिरहेको सुनारले बताए ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले स्थानीय बिरामी भएको बारे सोमबार विहान ११ बजे मात्रै जानकारी आएको बताए । जानकारी आउने वित्तिकै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी सम्बन्धित क्षेत्रमा पठाइएको उनले बताए ।

उनका अनुसार बिरामी भएको भन्ने खबर आए लगत्तै औषधि सहितको स्वास्थ्यकर्मीको टोली र आवश्यक सुरक्षा तथा समन्वय सहयोगका लागि सुरक्षाकर्मी पठाइएको छ । के रोग हो र यो कसरी लाग्यो भन्ने खुलि नसकेको प्रजिअ सुनारले बताए । मंगलबारको कान्तिपुर दैनिकबाट ।

वि.सं.२०७६ फागुन २० मंगलवार ०८:२३ मा प्रकाशित

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...