back
CTIZAN AD

बैठक छाड्ने सांसदलाई दैनिक २ लाख बढी भत्ता !

वि.सं.२०७६ फागुन २१ बुधवार

753 

shares

२१ फागुन, काठमाडौँ । सांसदहरु हाजिर गर्दै बाहिरिँदा गणपुरक संख्या नपुगेर प्रतिनिधिसभा बैठक संचालनमै कठिनाइ भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आवश्यक संख्यामा सांसद नहुँदा पछिल्लो साता मात्रै चारवटा बैठक स्थगन गरेका छन् ।

संसद सचिवालयको अभिलेखमा भने गत १३ गतेदेखि १९ गतेसम्म संचालन भएका चार बैठकमा एक सय ४४ देखि एक सय ८१ जनासम्मको हाजिरी देखिन्छ ।

प्रतिनिधिसभामा २ सय ७५ सांसद छन् । गणपुरक संख्याका लागि एक चौथाइ, अर्थात ६९ जनाको उपस्थिति चाहिन्छ ।
सांसदले प्रतिब्यक्ति दैनिक दुई हजार भत्ता पाउँछन । सचिवालयका अनुसार गत १३ गते एक सय ८१ सांसदले हाजिर गरेका छन् ।

तर त्यसदिन बैठकमा गणपुरक संख्या यकिन गर्न घन्टी बजाउँदा ५८ जना सांसद मात्र उपस्थित थिए । अर्थात हाजिर गरेर १ सय २३ जना सांसदले बैठक छाडेका थिए ।

यस हिसाबमा त्यस दिन बैठकमा अनुपस्थित ति सांसदलाई दुई लाख ४६ हजार भत्ता दिनुपर्नेछ । बुधबारको कान्तिपुर दैनिकबाट

वि.सं.२०७६ फागुन २१ बुधवार ०७:४० मा प्रकाशित

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषको असुलीमा ठूलो लापबाही

काठमाडौँँ । महालेखापरीक्षकको प्रतिवेदनले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास...

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन

काठमाडौँ । रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा...