back
CTIZAN AD

महामहिम प्रेज्डेन्ड डोनाल्ड ट्रम्प मलाई क्षमा गरुन्

वि.सं.२०७६ फागुन २१ बुधवार

855 

shares

हरेक व्यक्ति र घर नितान्त आत्मकेन्द्रित । हरेक व्यक्ति घर नितान्त व्यक्तिवादी । आफू र आफ्ना एकाघरका जनसिबाय अरु कसैप्रति चासो, संवेदना, करुणा, सहयोग र सहअस्तित्वको भावै नभएका । छनलाई यिनको बसोबास मानव बस्तीमा छ, तर मानवीय भावना भने शून्य, शून्य र केवल शून्य छ । यस्तो पनि जीवन ? अमेरिकी समाजमा मानव जीवनको यो दशा देख्दा मेरो चित्तमा ‘यस्तो जीवन के जीवन ?’ भन्ने भाव जागेर आयो ।

हाल चिचिला नाति–नातिनीको घरमा पाहुनो भएको छु म, उत्तर अमेरिकामा । बास छ वाशिङ्टन डिसी समीप भर्जिनियाको फेयर प्mयाक्स नगरीमा । भर्जिनिया अमेरिकाभरिको रोज्जा ठाउँ मानिदो रहेछ । भौगालिक दृष्टिले पनि, सामाजिक दृष्टिले पनि । पहाडहरूले बेत्ताल हुरी–आँधीको बाटो छेक्छन् क्यार, यहाँ क्याटरिना टाइपको उत्पाती र बर्बादीकारी हुरी–आँधी आउँदो रहेनछ । त्यसो त यहाँ भूकम्पको भय पनि कम । यहाँ न उत्पात जाडो न उत्पात गर्मी । यहाँ हिमपात पनि केवल फाटफुट । यहाँ चोरीचकारी पनि धेरै कम । अनि यहाँ निजी सोमत र नागरिक मर्यादा पनि राम्रो । भर्जिनियाका यी याबत् गुण सुनेपछि मलाई तीन हात उफ्रिएर ‘जय भर्जिनिया’ भनूँ कि जस्तो लाग्यो ।
तर जब मानिसहरूको जीवन–शैली र आपसी सम्बन्धको प्रकृति यसो नियालेर हेरेँ, मेरो मन त्यसैत्यसै खिन्न र उद्विग्न भयो । र, मेरो विकर्षित मानसमा ‘यस्तो नाथे पनि समाज’ र ‘यस्तो नाथे पनि जिवन’ टाइपको तिक्त प्रतिक्रिया पैदा भयो ।
किन ? कुरो छ ।

म पाहुना लागेको टोलमा बीसओटा जति घर छन् । टोलको बाहिरी अनुहार मनै हर्नेगरी चिटिक्क परेको छ । घरहरू एकनासका दुईतले छन् । न कुनैभन्दा कुनै बिघ्नै ठूलो छ न कुनैभन्दा कुनै बिघ्नै सानो । घरहरूको रङ्गरोगन सादा र मर्यादित छ । एकदेखि अर्को घरको दूरी पचास मिटरजति छ । घरका लहरबीचको सानो सडक चिल्लो र हर्दम् सफाचट् छ । प्रायः घरबाहिर र सडक किनारमा चमचम चम्किने चिल्ला गाडी दृष्टिगोचर हुन्छन् । हरेक घरपछाडि दृष्टिलाई आनन्ददायी हरियाली र टोललाई प्राकृतिक शोभा दिने फाट्टफुट्ट रुखहरू छन् । बाहिरी स्वरुप हेर्दा यो टोल हर दृष्टिले आदर्श र सुन्दर लाग्छ ।

अनि सामुदायिक र मानवीय दृष्टिले ?
अब भने कुरो गडबड छ ।
मानवीय उपस्थिति र गतिविधिका दृष्टिले यो टोल उजाड र उराठलाग्दो छ । यहाँ प्रायः मानिसको नाकमुख देखिँदैन । घरदेखि गाडी, गाडीदेखि घर । मानिसहरूको उपस्थितिको दसी गोचर हुने लघु क्षण यही हो । मानिसहरू घरबाट फुत्त बाहिर निस्केर हुत्त गाडीमा हुइँकिन्छन् । मानिसहरू फर्केर गाडीमा हुइँयँ आउँछन् र गाडीसहित वा गाडीबाट ओर्लेर लुत्त घरभित्र पस्छन् । बन्द झ्यालढोकाभित्र बस्ने निकटवर्ती छिमेकीले बढीमा गाडीको आवजसम्म सुन्लान्, छिमेकीको नाकमुख देख्दैनन् । र, तिनको मतलब पनि राख्दैनन् ।

घरबाहिर दुइतीन थरी मानिस फाटफुट देखिन्छन् । बिहान–बेलुका राजसी कुकुरलाई हगाइ–मुताइ गर्न बाहिर निस्कने एक्कादोक्का मानिस झुलुक्क देखिन्छन् । ससाना नानी–बाबुलाई नजिकका विद्यालयतिर डो¥याउँदै एक्कादोक्का मानिस यसोक्क प्रकट हुन्छन् । दिवा लमक्मा उदाउने एक्कादोक्का मानिस छ्यास्स गोचर हुन्छन् । बस्, यो जिउँदा मानिसको बसोबास भएको टोल हो भनी जनाउ दिने टोलिया दृष्टान्त यति नै हुन् । यी जो घरबाहिर निस्कन्छन्, ती भेट हुने अर्को मानिसलाई ‘हाइ’ को भाकामा बाईबाई गर्छन्, प्रायः एक वचनधरी बात मार्दैनन् ।

छिमेकीले छिमेकीलाई चिन्दैन । र नचिनेकोमा उसलाई बाल मतलब छैन । टोल–छिमेकमा को जन्म्यो, को म¥यो, टोल छिमेकबासीलाई प्रायः अत्तोपत्तो हुँदैन । र अत्तोपत्तो नभएकोमा उसलाई बाल मतलब छैन । टोलछिमेकमा कसले घर बेच्यो, कसले घर किन्यो, टोलछिमकेबासीलाई थाहापत्तो हुँदैन । र थाहापत्तो नभएकोमा उसलाई एकरत्ती फिक्री छैन । सुनिजानेको कुरा हो । टोलमा बृद्धबृद्धाका दुई–तीन जोडी छन् ।

नका सन्तान पखेटा लगाएर आफ्नै जीवनको खोजीमा उडेर गइसके । यी बृद्धबद्धा घरमा एक्लै छन् । यी देहका पाटपुर्खाहरू खिइँदै क्रमशः सुस्त, शुष्क र अशक्त हुँदाछन् । यस्ता अशक्तहरू छेउछाउकै घरमा बस्छन् । तर तिनको बीचमा आइजाइ, हाईहेलो, उठबस, आदान–प्रदान केही छैन । ती एक्लाएक्लै एकलासमा मरिरहेका छन् । मरिरहेको एउटालाई मरिरहेको अर्कोको कत्ति मतलब छैन । र, मतलब नभएकोमा पनि तिनलाई बाल मतलब छैन । लामो कुरा किन ? यो टोलछिमेकमा सामुदायिक जीवनको लेसमात्र लक्षण पनि गोचर हुँदैन । प्रत्येक घर दूरवर्ती टापूजस्तो छ । र घरबासीहरू टापूबासीजस्ता छन् । एकअर्कादेखि दूरस्थ, छिन्नभिन्न, अपरिचित र बिल्कुल बिराना । हरेक व्यक्ति र घर नितान्त आत्मकेन्द्रित । हरेक व्यक्ति घर नितान्त व्यक्तिवादी । आफू र आफ्ना एकाघरका जनसिबाय अरु कसैप्रति चासो, संवेदना, करुणा, सहयोग र सहअस्तित्वको भावै नभएका । छनलाई यिनको बसोबास मानव बस्तीमा छ, तर मानवीय भावना भने शून्य, शून्य र केवल शून्य छ ।
यस्तो पनि जीवन ? अमेरिकी समाजमा मानव जीवनको यो दशा देख्दा मेरो चित्तमा ‘यस्तो जीवन के जीवन ?’ भन्ने भाव जागेर आयो ।

मेरो स्मृति चाबेलको आफ्नै टोलछिमेकतिर मोडियो । मेरो टोलछिमेकमा अनेकन् मानवीय समस्या र दुर्गणहरू छन् । तथापि यसमा अलिकता सामुदायिक भावना अझैजीवित छ । सुख–दुखमा टोलको हेरचाह गर्ने टोल समिति छ । यो समितिमा सिहंदरबारको तुच्छ सत्तामा झैँ. भाले अहंकार र शेखीको टक्कर त सदैव चलिरहन्छ । तथापि यसले आफ्नो न्यूनतम टोलिया कर्तव्यको पालना पनि गरिरहेकै छ । यसले टोलको सुविधा, सुरक्षा र सफाइमा दृष्टि दिन्छ । यसले टोलबासीलाई मर्दापर्दा भावनात्मक एवं भौतिक दृष्टिले शान्त्वना र आडभरोसा प्रदान गर्छ । यसले यदाकदा टोलिया चियापान र वनभोजको चाँजो मिलाउँछ । आपसी जान–पहिचान, नाता नवीकरण, घुलमिल र सुखुदुःखको साटासाट गर्ने यी असल र अब्बल अवसर हुन् । मेरा दृष्टि नपुगेको भए प्रतिशोधी महामहिम प्रेज्डेन्ड डोनाल्ड ट्रम्प मलाई क्षमा गरुन्— मैले मेरा नाति–नातिनाको पातालस्थित वासस्थलमा यस्तो केही देखिनँ । त्यहाँ जे छ, केवल मान्छे–मान्छेमाझ भयावह दूरी र उपेक्षाभाव छ । त्यहाँ जे छ, मान्छेमा फगत आत्मकेन्द्रित अहंभाव र चरम् व्यक्तिवाद छ । अनि यसलाई हामीले सभ्यता, संस्कृति र लोकतन्त्रको दिशामा जगत्लाई मार्गदर्शन गर्ने निर्विकल्प दृष्टान्त मानिदिनु पर्ने ? गाह्रै छ !

वि.सं.२०७६ फागुन २१ बुधवार ११:२५ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...