back

एनआरएनएको वैदेशिक रोजगार सम्बन्धी बैठक सम्पन्न, के-के भए त छलफल ?

वि.सं.२०७६ फागुन २१ बुधवार

153 

shares
NTC AD
Global IME AD

२१ फागुन, काठमाण्डौं । गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धि संघको आधिकारिक धारणा पत्र बनाउने सम्बन्धमा बैठक सम्पन्न गरेको छ ।

संघका उपाध्यक्ष, वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकमा निम्न मुख्य विषयहरु माथि छलफल भएको संघले जनाएको छ ।

बैठकले वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्याहरु र त्यसको समाधानका गैरआवासीय नेपाली संघको भूमिका सम्बन्धमा, वैदेशिक रोजगार कोषको प्रभावकारी उपयोगका बारेमा, वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षाका बारेमा संघको वैदेशिक रोजगारी सम्बन्धमा आधिकारीक धारणामा समेटिने विषयहरुका बारेमा छलफल गरेको हो ।


उक्त कार्यक्रममा उपस्थित विज्ञ तथा सरोकारवालाहरुले माथिका विषयहरुमा रहेर आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
उपस्थित विज्ञ तथा सरोकारवालाहरुले आधिकारीक धारणापत्र बनाउन लागेकोमा संघलाई धन्यवाद दिँदै बैदेशिक रोजगारी सम्बन्धि आफ्ना धारणाहरु राखेका थिए ।

त्यस्तै उनीहरुले संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन सुझाव समेत दिएका थिए । वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन पनि संघको ध्यानाकर्षण गराएका थिए ।

संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको जानकारी दिएका थिए । डा. केसीले संघले वैदेशिक रोजगार सम्बन्धि आधिकारीक धारणापत्र बनाउन गईरहेको बारे जानकारी दिदै राय सुझावहरु दिन अनुरोध गरेका थिए ।

त्यस्तै बैठकमा सहभागीहरुले हालै विश्वव्यापी महामारी रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गंभिर संकट पार्न सक्ने भन्दै संघले यस सम्बन्धमा कसरी प्रभावकारी कामगर्न सक्छ भन्ने तर्फ विचार गर्न र विदेशको अनुभव ज्ञान र श्रोत उपयोग गर्न अनुरोध समेत गरेका थिए ।

बैठकमा वैदेशिक रोजगारका विज्ञहरु क्रमश डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्वसचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत अन्य सरोकारवालाहरु र संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ फागुन २१ बुधवार १३:५९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

कांग्रेस सभापति देउवाद्वारा आदिवासी र सहकारी विभागमा २२ सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम आदिवासी...

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र...

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

मृतकका आफन्तले पाए झन्डै रु दुई करोड क्षतिपूर्ति

वालिङ (स्याङ्जा) । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...