back
CTIZAN AD

एनआरएनएको वैदेशिक रोजगार सम्बन्धी बैठक सम्पन्न, के-के भए त छलफल ?

वि.सं.२०७६ फागुन २१ बुधवार

744 

shares

२१ फागुन, काठमाण्डौं । गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित तथा सुरक्षित बनाउन र वैदेशिक रोजगार सम्बन्धि संघको आधिकारिक धारणा पत्र बनाउने सम्बन्धमा बैठक सम्पन्न गरेको छ ।

संघका उपाध्यक्ष, वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. बद्री केसीको अध्यक्षतामा बसेको बैठकमा निम्न मुख्य विषयहरु माथि छलफल भएको संघले जनाएको छ ।

बैठकले वैदेशिक रोजगारीको क्षेत्रमा हाल देखिएका समस्याहरु र त्यसको समाधानका गैरआवासीय नेपाली संघको भूमिका सम्बन्धमा, वैदेशिक रोजगार कोषको प्रभावकारी उपयोगका बारेमा, वैदेशिक रोजगारीमा जानेहरुको सामाजिक सुरक्षाका बारेमा संघको वैदेशिक रोजगारी सम्बन्धमा आधिकारीक धारणामा समेटिने विषयहरुका बारेमा छलफल गरेको हो ।


उक्त कार्यक्रममा उपस्थित विज्ञ तथा सरोकारवालाहरुले माथिका विषयहरुमा रहेर आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
उपस्थित विज्ञ तथा सरोकारवालाहरुले आधिकारीक धारणापत्र बनाउन लागेकोमा संघलाई धन्यवाद दिँदै बैदेशिक रोजगारी सम्बन्धि आफ्ना धारणाहरु राखेका थिए ।

त्यस्तै उनीहरुले संघले सबै विषय समेट्नुको सट्टा आफ्नो स्तरबाट योगदान गर्न सक्ने र आफुले प्रभाव पार्न सक्ने क्षेत्रहरुमा केन्द्रित हुन सुझाव समेत दिएका थिए । वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक सीप र फर्केकाहरुको सीपको सदुपयोग बारे ध्यान दिन पनि संघको ध्यानाकर्षण गराएका थिए ।

संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा गैरआवासीय नेपाली कल्याणकारी हित विभागका प्रमुख डा. केसीले संघले वैदेशिक रोजगारको क्षेत्रलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल सरकार र सरोकारवाला संघसंस्थाहरुसंग समन्वय तथा सहकार्य गरी आफ्ना गतिविधिहरु संचालन गर्दै आएको जानकारी दिएका थिए । डा. केसीले संघले वैदेशिक रोजगार सम्बन्धि आधिकारीक धारणापत्र बनाउन गईरहेको बारे जानकारी दिदै राय सुझावहरु दिन अनुरोध गरेका थिए ।

त्यस्तै बैठकमा सहभागीहरुले हालै विश्वव्यापी महामारी रुप लिन खोजीरहेको कोरोना भाइरसले वैदेशिक रोजगारी र नेपाली अर्थतन्त्रलाई गंभिर संकट पार्न सक्ने भन्दै संघले यस सम्बन्धमा कसरी प्रभावकारी कामगर्न सक्छ भन्ने तर्फ विचार गर्न र विदेशको अनुभव ज्ञान र श्रोत उपयोग गर्न अनुरोध समेत गरेका थिए ।

बैठकमा वैदेशिक रोजगारका विज्ञहरु क्रमश डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्वसचिव पूर्ण चन्द्र भट्टराई, मधुविलाश पंडित, रामेश्वर नेपाल, गोविन्द मणि भूर्तेल लगायत अन्य सरोकारवालाहरु र संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसी, सचिव आरके शर्मा, सहकोषाध्यक्ष लोक प्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ फागुन २१ बुधवार १३:५९ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...