२१ फागुन, काठमाडौं । भारतको नयाँ दिल्लीमा रहेको एक विद्यालयका नियमित विद्यार्थीको अभिभावकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । नोएडाको एक निजी विद्यालयका विद्यार्थीका अभिभावकमा संक्रमण पुष्टि भएपछि ति विद्यार्थीमार्फत अन्य हजारौं विद्यार्थीमा सरेको आशंका गरिएको छ । विद्यालयका अन्य विद्यार्थीहरुमा पनि संक्रमण भए नभएको जाँच गरिए पनि रिपोर्ट भने आईसकेको छैन ।
सो स्थान वरपरका केही विद्यालयहरु बन्द गरिएको छ । विद्यालयहरुले इमेल र बाट्सएपबाट म्यासेज पठाएर विद्यार्थीहरुलाई विद्यालय नपठाउन अभिभावकलाई आग्रह गरेका छन्।
विदेशबाट फर्केका ती व्यक्तिले घरमा सानो पार्टीको आयोजना गरेका थिए। उक्त पार्टीमा पाँच परिवार र १० बच्चासमेत सहभागी थिए। त्यसको केही दिनमा उनीहरुका बच्चा विद्यालय गएका थिए। पार्टीपछि लिइएको नमूनामा ती व्यक्तिको रिर्पोट पोजेटिभ आएका थियो। यो घटनापछि अन्य अभिभावकहरु डराएका थिए। यही कुरालाई ख्याल गर्दै विद्यालयहरु केही समयमा लागि बन्द गरिएको हो।
नोएडाका मुख्य चिकित्सा अधिकारी अनुराग भार्गवले कोरना एक व्यक्तिलाई भएको पुष्टि गरे। सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले उक्त व्यक्तिको जाँच पार्टी अघि नै भएको भएपनि रिपोर्ट पोजेटिभ भएको थाहा भने पछिमात्र लागेको बताए।
वि.सं.२०७६ फागुन २१ बुधवार १४:०४ मा प्रकाशित



























