back

उत्पादन घटेपछि किसान चिन्तित

वि.सं.२०७३ मंसिर ३० बिहीवार

789 

shares
IME Limited
NTC AD

३० मङ्सिर,काभ्रे। आलुको उत्पादन घटेपछि नाला गाविसका किसान चिन्तित हुन थालेका छन् ।

यस वर्ष आलुको उत्पादन र मूल्यमा हस आएको छ । लगानी खर्चसमेत उठाउन नसकिने अवस्था रहेको नालाका स्थानीय किसान काजीमान तामाङले बताउनुभयो ।

अहिले यहाँ रातो आलुको मूल्य प्रतिकिलो रु २८ तथा सेतो आलुको मूल्य रु १३ रहेको छ । गत वर्षको तुलनामा आलुको उत्पादन र मूल्य घटेपछि किसानलाई घाटा लागेको छ । “बजार स्थिति राम्रो नभएकाले आलु नल्याउन व्यापारीले नै आग्रह गरिरहेका छन्,” तामाङले भन्नुभयो ।

नालाका स्थानीयवासी प्रायः कृषि पेसामा आवद्ध छन् । यस वर्ष सुरुवातमा रोप्ने समयमा अत्याधिक वर्षा तथा बढ्ने समयमा वर्षाको स्थिति शून्य रहेका कारण आलुको उत्पादनमा हस आएको नालाको टुकुचाका किसान बद्रीप्रसाद घिमिरे बताउनुहुन्छ । उहाँले करिब १७ रोपनी जग्गामा आलुखेती गर्दैआउनुभएको छ ।

“गत वर्षको तुलनामा एक चौथाई उत्पादन घटेको छ,” उहाँले भन्नुभयो । यस वर्ष खेतमा काम गर्ने कामदारको समेत अभाव रहेको र लगानी समेत उठ्न नसक्ने अवस्था रहेको घिमिरेले बताउनुभयो । “उत्पादनमा कमी आउँदा ११ जनाको परिवारको खर्च धान्न कठिन भएको छ,” उहाँले भन्ज्नुभयो ।

करिब सोह्र वर्षदेखि आलुखेती गर्दै आउनुभएका नालाकै किसान कल्पना श्रेष्ठ आलुको उत्पादनमा आएको ह्रासका कारण अर्काे वर्ष आलु रोप्ने कि नरोप्ने भन्ने चिन्ता पर्न थालेको बताउनुहुन्छ । रासस

वि.सं.२०७३ मंसिर ३० बिहीवार १०:०७ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...