back
CTIZAN AD

उत्पादन घटेपछि किसान चिन्तित

वि.सं.२०७३ मंसिर ३० बिहीवार

1.2K 

shares

३० मङ्सिर,काभ्रे। आलुको उत्पादन घटेपछि नाला गाविसका किसान चिन्तित हुन थालेका छन् ।

यस वर्ष आलुको उत्पादन र मूल्यमा हस आएको छ । लगानी खर्चसमेत उठाउन नसकिने अवस्था रहेको नालाका स्थानीय किसान काजीमान तामाङले बताउनुभयो ।

अहिले यहाँ रातो आलुको मूल्य प्रतिकिलो रु २८ तथा सेतो आलुको मूल्य रु १३ रहेको छ । गत वर्षको तुलनामा आलुको उत्पादन र मूल्य घटेपछि किसानलाई घाटा लागेको छ । “बजार स्थिति राम्रो नभएकाले आलु नल्याउन व्यापारीले नै आग्रह गरिरहेका छन्,” तामाङले भन्नुभयो ।

नालाका स्थानीयवासी प्रायः कृषि पेसामा आवद्ध छन् । यस वर्ष सुरुवातमा रोप्ने समयमा अत्याधिक वर्षा तथा बढ्ने समयमा वर्षाको स्थिति शून्य रहेका कारण आलुको उत्पादनमा हस आएको नालाको टुकुचाका किसान बद्रीप्रसाद घिमिरे बताउनुहुन्छ । उहाँले करिब १७ रोपनी जग्गामा आलुखेती गर्दैआउनुभएको छ ।

“गत वर्षको तुलनामा एक चौथाई उत्पादन घटेको छ,” उहाँले भन्नुभयो । यस वर्ष खेतमा काम गर्ने कामदारको समेत अभाव रहेको र लगानी समेत उठ्न नसक्ने अवस्था रहेको घिमिरेले बताउनुभयो । “उत्पादनमा कमी आउँदा ११ जनाको परिवारको खर्च धान्न कठिन भएको छ,” उहाँले भन्ज्नुभयो ।

करिब सोह्र वर्षदेखि आलुखेती गर्दै आउनुभएका नालाकै किसान कल्पना श्रेष्ठ आलुको उत्पादनमा आएको ह्रासका कारण अर्काे वर्ष आलु रोप्ने कि नरोप्ने भन्ने चिन्ता पर्न थालेको बताउनुहुन्छ । रासस

वि.सं.२०७३ मंसिर ३० बिहीवार १०:०७ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...