back
CTIZAN AD

किसान जैविक विषादीतर्फ आकर्षित

वि.सं.२०७३ मंसिर ३० बिहीवार

960 

shares

 ३० मङसिर,कैलाली । अधिकांश किसान पछिल्लो समय रासायनिक विषादी प्रयोग गर्न छोडेर जैविक विषादी प्रयोग गर्न थालेका छन् ।

सुरु सुरुमा जनचेतना नहँुदा रासायनिक विषादी प्रयोग गर्ने किसान पछिल्लो समय भने जैविक विषादीको फाइदाबारे थाहा पाएपछि त्यसतर्फ आकर्षित हुन थालेका छन् । रासायनिक विषादी प्रयोग गरी उत्पादन गरिएको तरकारी प्रयोग गर्दा विभिन्न रोगको सङ्क्रमण हुने भएकाले जैविक विषादी प्रयोग गर्न थालेको धनगढी जाइका कृषक छेदुलाल चौधरी बताउनुहुन्छ ।

“रासायनिक विषादी प्रयोग गरेर उत्पादन गरेको तरकारी स्वास्थ्यका लागि हानिकारक हुने जानकारी पाएपछि जैविक विषादी प्रयोग गर्न थालेको छु,” अर्का किसान रामलाल चौधरीले भन्नुभयो ।

जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख युवराज पाण्डेले अन्य जिल्लाको तुलनामा कैलालीमा रासायनिक विषादी प्रयोग गर्नेको सङ्ख्या न्यून रहेको बताउनुभयो । घातक विषादीको न्यूनीकरणका लागि विभिन्न किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । रासस

वि.सं.२०७३ मंसिर ३० बिहीवार १०:०९ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...