back

एसिया कप क्रिकेटमा  श्रीलङ्काद्धारा नेपालसामु २२८ रनको चुनौती 

वि.सं.२०७३ मंसिर ३० बिहीवार

576 

shares
IME Limited
NTC AD

 ३० मङ्सिर,काठमाडौँ । उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलङ्काले नेपाललाई २२८ रनको चुनौती दिएको छ ।

श्रीलङ्कामा आजदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनको योगफल तयार ग¥यो ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काका लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रनको योगदान दिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाउँदा रवीन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
जवाफी ब्याटिङ्मा उत्रेको नेपालले १६ ओभरमा तीन विकेट गुमाउँदै ६३ रन जोडेको छ ।

बलिङतर्फ नेपालका पवन सर्राफ र कमल सिंह ऐरीले समान दुई÷दुई विकेट लिए । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया पनि छन् ।

त्यसैगरी समूह ‘बी’ मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् । रासस

वि.सं.२०७३ मंसिर ३० बिहीवार १०:११ मा प्रकाशित

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफलः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज...

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका...

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

एसिसी पुरुष यु-१६ःनेपाल बलिङ गर्दै

काठमाडौँ । एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’...

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेटः नेपालले भुटानलाई सहजै हरायो

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा समूह...

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

एएफसी महिला एसियन कपः पहिलो आफमा नेपालको अग्रता

काठमाडौँ । उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत...