२२ फागुन, काठमाडौं । वडासचिवको ज्यानै जानेगरी भएको गोरखा जीप दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि काटठमाडौं ल्याइएको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौं ल्याइएको हो । हेलिकोप्टर मार्फत ल्याएइएका घाइतेलाई थापाथलि स्थित नर्भिक अस्पताल लगिएको छ ।
बुधबारराति गोरखाको मान्वु धोरर्चेतमा जीप दुर्घटनामा परी गम्भीर घाईते भएकालाई सेनाको हेलिकोप्टर मार्फत उद्वार गरी नर्भिक अस्पताल लगिएको हो । गोरखाको आरुघाट गाउँपालिका–१ र्धोचेमा बलेरो जीप दुर्घटना हुँदा धार्चे गाउँपालिका–६ का वडासचिव किरण रिमालको घटनास्थलमा नै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले दिएको जानकारी अनुसार ग १ ज ५५०५ नम्बरको सो जीप बुधबार साँझ करिब ७: ३० बजे सडकबाट झण्डै ३०० मिटर तल खस्दा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सो गाउँपालिकाका उपाध्यक्ष फुलमाया गुरुङसहित सोही गाउँपालिकाका कर्मचारी घनबहादुर गुरुङ, निशा गुरुङ, शर्मिला गुरुङ, क्याराम्यान केयरसिंह गुरुङ, फेज नेपाल नामक संस्थाका कर्मचारी सरोज गुरुङ र जीपका चालक करौजाका बालचन्द्र गुरुङ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७६ फागुन २२ बिहीवार १२:३४ मा प्रकाशित






























