back
CTIZAN AD

कोरोना भाइरस रोकथाम समन्वय समितिको दोश्रो बैठक शुरु

वि.सं.२०७६ फागुन २२ बिहीवार

819 

shares

२२ फागुन, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको दोश्रो बैठक सिंहदरबारमा शुरु भएको छ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बैठक मन्त्रालयमा शुरु भएको हो ।

बैठकले कोरोनाभाइरस नियन्त्रण, रोकथाम र हालसम्म भएका काम कारवाहीका बारेमा समीक्षा गर्दै सुरक्षाका सन्दर्भमा समेत छलफल गर्ने बताइएको छ । यस्तै, बैठकमा गृहमन्त्री रामबहादुर थापाले कोरोनाविरुद्ध लड्न भारत र चीनसँग सीमा जोडिएका स्थानको सुरक्षा व्यवस्था र हेल्थ डेस्कका सन्दर्भमा जानकारी दिने भएका छन् ।

यस्तै, स्वास्थ्य मन्त्री भानुभक्त ढकालले विभिन्न अस्पतालमा यसअघि क्वारेन्टाइन र आइसोलेसन वार्ड राख्ने व्यवस्था सम्बन्धमा भएको प्रगतिका बारेमा जानकारी गराउने बताइएको छ ।

भाइरसको आतंकका कारण बजारमा मास्क र सेनिटाइजरको अभाव हुन थालेपछि यस विषयमा समेत उच्चस्तरीय समन्वय समितिले निर्णय लिने आंकलन गरिएको छ । यसअघिको बैठकले औषधीजन्य बस्तुको कालोबजारी निगरानी अनुगमन गर्ने र कोरोना सुरक्षाका नयाँ विधिबारे अनुषन्धान गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १३:५३ मा प्रकाशित

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...