back
CTIZAN AD

सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

वि.सं.२०७६ फागुन २२ बिहीवार

696 

shares

२२ फागुन, काठमाडौं । मकवानपुर, सप्तरी, सर्लाही, महोत्तरी र गोरखाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ ।

मकवानपुर,गढी गाउँपालिका- २ गैरी भन्ज्याङस्थित सडकमा ना.३ ख३५५६ नम्बर बसको ब्रेक फेल भई बुधबार बेलुका दुर्घटना हुँदा बसमा सवार गढी गाउँपालिका ७ सुकौरा बस्ने ३५ वर्षीय सोम बहादुर रुम्बा लगायत ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।   दुर्घटनामा घाइते भएका सोही गाउँपालिका सुकौरा बस्ने २४ वर्षीय सुरज लोको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका अन्य १९ जनाको चुरे हिल अस्पताल हेटौंडामा र ३ जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका अन्य २६ जना समान्य उपचार पश्चात डिष्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, राजगढ गाउँपालिका- ५ मलेखपुरस्थित सडकमा ज.१ क६०२नम्बरको जेसिबीको ठक्करबाट भारत बंगाल घर भएका ईरसाद अलिको अन्दाजी २ वर्षीया अलमिनिया खातुनको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएकोहो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सप्तरी,बोदेबर्साईन नगरपालिका -१० खडकपुरस्थित सडकमा स.१० प ७९१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका ९ स्वर्णपट्टी बस्ने ३८ वर्षीय बालेश्वर साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाही,कौडेना गाउँपालिका -२ चिरानमिलस्थित सडकमा बीआर ३० भी ०३७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार कौडेना गाउँपालिका २ बस्ने ७३ वर्षीया जानकी देबीलोहारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल हुँदै थप उपचारका लागि वीरगंजतर्फलैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी,बर्दिवास नगरपालिका- ५ कालापानीस्थित सडकमा बा.४४ प६२२४ नम्बरको मोटरसाइकललाई स.१ च१८०९ नम्बरको गाडीले बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुलीकमलामाई नगरपालिका९७ बस्ने ४६ वर्षीय दिपक खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते उनको जनसेवा अस्पताल बर्दीबास हुँदै थप उपचारका लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

गोरखा, आरुघाट गाउँपालिका-१ धोर्चेस्थित सडकमा ग.१ ज५०५ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा जिपमा सवार लमजुङ बस्ने २५ वर्षीय किरण रिमालको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका जिप चालक गोरखा धार्चे गाउँपालिका २ बस्ने ३१ वर्षीय बाल चन्द्र गुरुङ सहित ७ जनालाई उपचारका लागि फेस नेपाल सामुदायिक स्वास्थ्य क्लिनिक धुन्चेत गोरखा पठाइएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन २२ बिहीवार १३:४१ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...