back
CTIZAN AD

सातबुँदे सहमति गर्दै बैठक सम्पन्न

वि.सं.२०७६ फागुन २२ बिहीवार

777 

shares

२२ फागुन, बैतडी । नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा बुधबार सम्पन्न भएको छ ।दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार नियन्त्रणसम्बन्धी सहमति भएको हो । यसका साथै कोरोना भाइरस, पहिरो र पेन्सनसम्बन्धी गरेर सात बुँदामा सहमति भएको हो ।

सीमामा हुने अपराध नियन्त्रणका लागि दुवै देशले समन्वय गर्ने, विपद्पूर्व तथा विपद्का बेला सूचना आदानप्रदान गर्ने, कोरोना भाइरस फैलन नदिन सीमा रहेका हेल्थ डेस्कमा जाँच गर्ने, उपकरणमा सहयोग गर्ने, सीमा क्षेत्रमा हुने सडक निर्माणका बेला हुने सम्भावित ख्याल गर्ने गरी निर्माण गर्ने र भारतीय पेन्सनधारी नेपाली नागरिकले पेन्सन बुझ्न भएको समस्या समाधानका लागि पहल गरिने, नेपाल–भारत सिमानाका झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि प्रदेश सरकार र केन्द्रीय सरकारलाई अनुरोध गर्ने सहमति भएको हो । यसका साथै समन्वय समितिको बैठक हरेक तीन\तीन महिनामा बस्ने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

बैठकमा भारतको पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट (डिएम) डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको सहभागिता रहेको थियो । जिल्ला प्रशासन कार्यालय बैतडीमा सम्पन्न बैठकमा पिथौरागढ, बैतडी, दार्चुलामा सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो । रासस

वि.सं.२०७६ फागुन २२ बिहीवार १३:१९ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...