back
CTIZAN AD

तीन दिनपछि खुल्यो बेनी-जोमसोम सडक

वि.सं.२०७६ फागुन २२ बिहीवार

882 

shares

२२ फागुन, म्याग्दी । सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ ।

मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पहिरो खसेको ठाउँमा सडक मर्मत गरेर खुलाइएको जानकारी दिए ।

सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर र मजदूर परिचालन गरेर पहिरो पन्छाइएको हो । उपकरण परिचालन गर्नुअघि अप्ठ्यारो र जोखिम भएकाले सुरक्षा निकायको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाइएको थियो ।

सुक्खा पहिराले सडक भासिएपछि एक्साभेटरसहित कालीगण्डकी नदीमा खसेर चालक सिन्धुपाल्चोकका अर्जुन दाहालको मृत्यु भएको थियो ।

सडक खुलेपछि बेनीदेखि जोमसोम र जोमसोमदेखि बेनीतर्फ हिँडेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले १५ मिटर सडक भासिएको थियो । सडक अवरुद्ध हुँदा यात्रुले गन्तव्यमा पुग्न सवारीसाधन परिवर्तन गर्न बाध्य भएका थिए । पहिरा पार गर्न जङ्गलको उकालोमा ४५ मिनेट घुमाउरो पैदलयात्रा गर्नुपर्ने समस्या थियो ।रासस

वि.सं.२०७६ फागुन २२ बिहीवार १३:०५ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दीमा यस वर्ष आलु उत्पादन पाँच  प्रतिशतले घट्यो 

म्याग्दी । म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ ।...

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला...