
२२ फागुन, काठमाडौं । उत्तम सन्जेलले आत्महत्या दुरुत्सान मुद्दामा अदालतबाट सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले अभियोगको दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।
समता स्कुल र समता अस्पतालका सञ्चालक सन्जेललाई आठ महिनाअघि समता अस्पताल बौद्धमा कार्यरत रामेछाप दोरम्बाकी २७ वर्षीया विमला तामाङले आत्महत्या गरेपछि आत्महत्या दुरुत्साहनको मुद्दा परेको थियो ।
मृतक युवतीको साथबाट भेटिएको सुसाइड नोटमा ‘सर र म्याडम भनेर सम्बोधन’ गरिएको भन्दै प्रहरीले सन्जेल र उनकी पत्नीसहित चार जनामाथि अनुसन्धान गरिरहेको थियो ।
समता स्कुल र समता अस्पतालले एक सय रूपैयाँमै शिक्षा र स्वास्थ सेवा दिँदै आएको छ ।
वि.सं.२०७६ फागुन २२ बिहीवार १२:५८ मा प्रकाशित