back
CTIZAN AD

कृषि अनुदानमा गुनासैगुनासा

वि.सं.२०७६ फागुन २३ शुक्रवार

837 

shares

२३ फागुन, दाङ । दाङमा चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि विकास कार्यक्रममार्फत सङ्घीय तथ प्रदेश सरकारले रु १८ करोड अनुदान रकम कृषि ज्ञान केन्द्रमा पठाएको छ ।

ज्ञान केन्द्रका अनुसार केही दिन अघि उक्त अनुदान रकम वितरणका लागि स्थानीय पत्रपत्रिकामा सूचना जारी भयो । सय बढीले अनुदानका लागि प्रस्ताव पनि दिएका छन् तर, अनुदानका लागि निश्चित सङ्ख्या छुट्याइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरणमा पकेट सञ्चालन गर्ने ११ र ब्लग सञ्चालन गर्ने छ जनालाई उक्त रकम दिने कार्यक्रम छ ।

पकेटका लागि रु सात लाख र ब्लगका लागि रु ४० लाख रकम कृषि समूह, सहकारी वा उद्यमीले लगानी देखाए भने सोही बराबरको रकम सरकारले उनीहरुलाई दिन्छ । सरकारले दिने अनुदानको ५० प्रतिशत रकम कृषकले देखाए मात्रै सरकारले दिने अनुदान उनीहरुले पाउँछन् । सरकारी अनुदान पाउन ठूलो रकम किसानले सरकारलाई लगानीबापत देखाउनुपर्छ । सरकारी कार्यविधि मै यस्तो बाध्यकारी नियम उल्लेख गरे पछि तल्लो तहका किसानले सरकारले दिने अनुदानमा पहुँच पुग्न नसकेको गुनासो गरेका छन् ।

लामो समयदेखि बाख्रापालन गर्दै आएका बाख्रापालक किसान खुसल घिमिरे सरकारले अनुदानभन्दा पनि किसानलाई फिर्ता पाउने गरी बीउ पूँजी दिनुपर्ने धारणा राख्छन् । “सरकारले दिने कृषि अनुदान पहुँच, भनसुन र मिलोमतोबाट मात्र प्राप्त हुन्छ भन्ने सोच सबैमा छ”, उनले भने, “यसलाई चिर्नका लागि पनि सरकारले अब अनुदान कार्यक्रम हटाएर बीउ पूँजी दिने र निश्चित समय पछि फिर्ता माग्नुपर्छ ।”

घोराहीको धर्नामा दुई बिघा क्षेत्रफलमा फूल खेती गरिरहेका प्रकाश नेपाली पनि सरकारले दिने अनुदानप्रति खासै चित्त बुझेको छ्रैन । “ठूलो रकम हुन्छ, निश्चित कोटा हुन्छ, दुई चारले मात्र पाउँछन् अरु किसान हेरेको हे¥यै हुन्छन्”, उनले भने, “यसकारण साना किसान मर्कामा परेका छन् ।” ठूलो लगानी गर्ने किसानलाई मात्र अनुदान दिने सरकारी नियममै परिवर्तन ल्याउनुपर्ने उनको भनाइ छ ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण भुसाल किसानलाई अनुदानको साटो बजार व्यवस्थापन र किसानको उत्पादन किन्ने वातावरण सरकारले बनाउनुपर्ने धारणा राख्छन् । उनी भन्छन् “ठूलो मात्रामा सरकारले अनुदान दिन्छ, उत्पादन पनि हुन्छ तर त्यसले उचित बजार पाउँदैन ।” सरकारी अनुदान लिएर घोराही उपमहानगरपालिका– ७ सौडियारमा आलु खेती गरेका अर्का किसान प्रकाश घिमिरेको आफ्नै दुखेसो छ । उनी भन्छन्, “सरकारी अनुदानमा सामूहिक आलु खेती गर्याै तर प्राविधिक सहयोग पाएनौँ, जसको कारण आलु फलेन ।”

सामूहिकरुपमा गरिएको आलु खेतीमा नाफाको साटो घाटा लागेपछि उनलाई अहिले गाउँमा बसिनसक्नुको वातावरण बनेको छ । ‘अनुदान खायो’ भन्ने आरोप हरबखत सुन्दै आएका छन् । उनको भनाइमा पनि सरकारले कृषकलाई पैसाभन्दा पनि प्राविधिक सहयोग दिनुपर्छ । किसानलाई खेती गर्ने तौरतरिका सिकाएका कृषि क्षेत्रमा आफैँ परिवर्तन हुने उनी बताउँछन् ।
कृषि ज्ञान केन्द्रका कृषि प्रसारप्रचार अधिकृत भरत पोखरेल किसानलाई दिने अनुदानमा बाध्यकारी कार्यविधि बनाइएका कारण सबै किसानसम्म अनुदान पुग्न नसकेको बताउँछन् ।

ठूलो रकम थोरै किसानलाई दिँदा कहीँकतै सरकारी अनुदानको प्रसङ्ग निस्कियो भने पहुँच, भनसुन र मिलोमतोमा अनुदान पाइन्छ भन्नेजस्ता कुरा सुन्नमा आएको उनको अनुभव छ ।

आफूले कार्यविधि मै टेकेर अनुगमन गरेर मात्रै अनुदानको रकम दिने गरेको उनी बताउँछन् । “किसानलाई भनेर सरकारले रकम दिए पनि त्यसको सही सदुपयोग गर्ने किसानको पनि दायित्व हुन आउँछ”, उनी भन्छन्, “तर सबैमा त्यस्तै सोच हुँदैन, जसका कारण कर्मचारीले समेत पटकपटक अवजस भोग्नुपरेको छ ।” रासस

वि.सं.२०७६ फागुन २३ शुक्रवार १२:१३ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...